शुक्रबार, असार २६, २०८३

राष्ट्रिय रिङ रेस्लिङको तयारी पूरा

‘देशका उत्कृष्ट रेस्लर प्रतियोगितामा सहभागी हुन पोखरा पुगिसकेका छन्। हामीले सबै तयारी पूरा गरेका छौँ,’ उनले भनिन्। 
 |  बिहीबार, चैत १९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १९, २०७७

काठमाडौं- राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ। 

बिहीवार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्की सदस्य तथा नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले प्रतियोगिताका लागि सबै तयारी पूरा गरिएको जानकारी दिएकी हुन्। 

‘देशका उत्कृष्ट रेस्लर प्रतियोगितामा सहभागी हुन पोखरा पुगिसकेका छन्। हामीले सबै तयारी पूरा गरेका छौँ,’ उनले भनिन्। 

राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिकालगायतको सहयोग रहेको प्रतियोगिताको अनुमानित बजेट २९ लाख छ।

पोखरा रगंशालाको बहुउद्देश्यीय कभर्ड हलमा आयोजना हुने प्रतियोगितामा नुवाकोटे टाइगर, थागु, द यूव, डेभिड, साइन, टुप्पी ग्याङ, एक्स हिरो, सोफी, दिलाशा, चट्टान, लेडी एञ्जल, किङ रोबर्ट, तन्नु, सिजे, युबिएल, एससी, हुम्ली फाइटर, योगी, जोनलगायत महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख रुपैयाँसहित च्याम्पियन वेल्ट तथा उपविजेताले  नगद  ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजकसमेत रहेकी श्रेष्ठले जानकारी दिइन्।

चैत्र २० गते सुरु हुने २ दिने प्रतियोगितामा प्रदीप पाण्डे, विकास खड्का र शिसम मैनीले रेफ्रीको भूमिका निर्वाह गर्नेछन्।

प्रकाशित: Apr 01, 2021| 13:26 बिहीबार, चैत १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।