शुक्रबार, असार २६, २०८३

ह्याट्रिकको सनसनी मच्चाउने हाल्यान्ड बार्सिलोना जाने संकेत

नर्वेजियन फुटबल स्टार इर्लिङ ब्रुट हाल्यान्डका फुटबल एजेन्ट मिनो रायोला र उनका बावु अल्फ इन हाल्यान्ड स्पेनको बार्सिलोनामा पुगेका छन्।
 |  बिहीबार, चैत १९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १९, २०७७

काठमाडौं- नर्वेजियन फुटबल स्टार इर्लिङ ब्रुट हाल्यान्डका फुटबल एजेन्ट मिनो रायोला र उनका बावु अल्फ इन हाल्यान्ड स्पेनको बार्सिलोनामा पुगेका छन्।

स्पेनिस क्लब बार्सिलोनाले पछिल्लो समरमा अनुभवी र उत्कृष्ट खेलाडीलाई क्लबबाट बिदा गरेर प्रतिकुल परिस्थितिबाट गुज्रिरहेको अवस्थामा रायोला र हाल्यान्ड बार्सिलोनामा पुगेका हुन्।

उनीहरु बिहीबार बिहान मात्र स्पेनिस सहर बार्सिलोना पुगेको एक स्पेनिस पत्रिकाले लेखेको छ। 

उनीहरुको स्पेन यात्राले फुटबल वृत्तमा निकै चर्चासमेत कमाएको छ। स्पेनिस पत्रिका मार्काको रिपोर्टअनुसार पछिल्लो समय बार्सिलोनाले उत्कृष्ट टिम निर्माणका लागि हाल्यान्ड वा एम्बाप्पेमध्ये एक खेलाडीलाई क्लबमा भित्र्याउन चाहिरहेको छ।

बार्सिलोनाका अध्यक्ष जोन लापोर्ता बोरुसिया डर्टमन्डका स्ट्राइकरलाई भित्र्याएर टिम बलियो बनाउनेमा सहमत छन्।

हाल्यान्डले जारी सिजनका ३१ खेलबाट ३३ गोल गरिसकेका छन्। उनले च्याम्पियन्स लिगको पछिल्लो खेलमा २० गोल पुर्याउने २० गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन्।

उनी गत वर्षको जनवरीमा नर्वेबाट जर्मन क्लब बोरुसिया डर्टमन्डमा पुगेका थिए। त्यसपछि उनले च्याम्पियन्स लिगको डेब्यू खेलमै ह्याट्रिक गरेर युरोपेली शीर्ष क्लबमा आफ्नो उपस्थितिको बाटो खोलिसकेका थिए।

यदि उनलाई बार्सिलोनाले भित्र्याएको खण्डमा निकट प्रतिद्वन्दी रियल मड्रिडलाई एम्बाप्पे भित्र्याउन दबाब हुनेछ। किनभने मेस्सी र रोनाल्डोको दबदबा सेलाउँदै गइरहेको अवस्थामा फुटबल पण्डितहरुले यी दुई खेलाडी भविष्यका ठूला प्रतिद्वन्दी हुनसक्ने बताउँदै खाएका छन्।

प्रकाशित: Apr 01, 2021| 12:26 बिहीबार, चैत १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।