शुक्रबार, असार २६, २०८३

४ खेलाडीसहितको जुडो टोली किर्गिस्तान जाने

एसियाली/ओसिएनिया जुडो च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ७ सदस्यीय नेपाली जुडो टोली शुक्रबार किर्गिस्तानको बिस्केक जाने भएको छ।
 |  बिहीबार, चैत १९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १९, २०७७

काठमाडौं- एसियाली/ओसिएनिया जुडो च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ७ सदस्यीय नेपाली जुडो टोली शुक्रबार किर्गिस्तानको बिस्केक जाने भएको छ।

अप्रिल ४ देखि १० तारिखसम्म हुने प्रतियोगिताका लागि नेपालका तर्फबाट ४ खेलाडी किर्गिस्तान जान लागेको हो।

प्रतियोगितामा १ पुरुष र ३ महिला नेपाली खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन्।

महिला ४८ केजीमुनि सोनिया भट्ट, ५७ केजीमुनि देविका खड्का र ७० केजीमुनि पुनम श्रेष्ठले भाग लिने छन्। चारै खेलाडी नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता हुन्। देविका र पुनमले १३ औं सागका स्वर्ण विजेता हुन्। इन्द्रले रजत तथा सोनियाले कांस्य जितेका थिए।

ओलम्पिक र्‍याङकिङका रुपमा समेत रहेको प्रतियोगितामा ३१ राष्ट्रका १२३ पुरुष र ९५ महिला खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल जुडो संघले जनाएको छ।

टोलीको प्रशिक्षकमा ओलम्पियन ऋषिराम प्रधान छन्। जुडो संघका महासचिवसमेत रहेका धर्मकुमार श्रेष्ठले प्रतियोगितामा निर्णायक भूमिका निर्वाह गर्नेछन्।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे।

अप्रिल ३ मा हुने जुडो युनियन अफ एसिया (जेयुए) को कार्यकारी समितिको बैठक र जेयुए जोन बैठक तथा अप्रिल ४ मा हुने जेयुए कोंग्रेसमा भाग लिन जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य बिस्केक पुगिसकेका छन्।

प्रकाशित: Apr 01, 2021| 10:11 बिहीबार, चैत १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।