शुक्रबार, असार २६, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • हिटिङ स्वीमिङ पुल : निजी क्षेत्रले धमाधम थप्दै, सरकारी भद्रगोल

हिटिङ स्वीमिङ पुल : निजी क्षेत्रले धमाधम थप्दै, सरकारी भद्रगोल

देशमा पहिलोपटक निजी क्षेत्रबाट हिटेड स्वीमिङ पुल लिंकन कलेजले सुरु गरेको थियो।
 |  बिहीबार, चैत १९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १९, २०७७

काठमाडौं- देशमा पहिलोपटक निजी क्षेत्रबाट हिटेड स्वीमिङ पुल लिंकन कलेजले सुरु गरेको थियो।

त्यस्तै, गत मंगलबार अर्को हिटेड स्वीमिङ पुल १३ औं दक्षिण एसियाली खेलकुदमा ४ स्वर्ण जितेकी गौरिका सिंहले उद्घाटन गरिन्।

आउँदो शनिबार नागार्जुनमा एक विद्यालयले निर्माण गरेको अर्को हिटिङ स्वीमिङ पुल उद्घाटन हुँदैछ।

शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले स्वस्ती श्री स्कुलले बनाएको स्वीमिङ पुल उद्घाटन गर्नेछन्। योसँगै नेपालमा निजी क्षेत्रबाट दुईभन्दा धेरै हिटेड स्वीमिङ पुल सञ्चालन हुनेछन्।

तर नेपाल सरकारसँग भने एउटा मात्रै हिटेड स्वीमिङ पुल छ। सातदोबाटोस्थित पौडी संघको मातहतमा रहेको तातोपानीयुक्त पौडी पोखरी गत वर्ष आयोजित सागका लागि निर्माण गरिएको थियो।

हिटेड स्वीमिङ पोखरी नहुँदा चिसोमा अभ्यास गर्न असम्भव भएपछि नेपाली पौडी खेलाडीलाई अन्तर्राष्ट्रियस्तरमा राम्रो प्रदर्शन गर्न कठिन हुने गरेको छ। जसका कारण खेलाडीको आलोचनासमेत हुँदै आएको थियो।

तर, अब निजी क्षेत्रमा पनि आवश्यकताअनुसारको पुल बनेपछि स्वीमिङमा नेपालले राम्रो सम्भावना बनाउन सक्ने स्वस्ती श्री स्कुलका अध्यक्ष रामकृष्ण चित्रकारले बताए।

‘हामीसँग अन्तर्राष्ट्रियस्तरको स्वीमिङ पोखरी छ। त्यस्तै, अन्य १३ खेलका पनि राम्रा खेल संरचना हामीसँग उपलब्ध हुँदैछन्। यसकारण काठमाडौंमा अन्तर्राष्ट्रिय खेल हुँदा हामी सरकारलाई संरचना उपलब्ध गराउन पनि सक्नेछौं,‘ विद्यालयका प्रिन्सिपल हिमलाल घिमिरेले भने, ‘यो पोखरी राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीलाई पनि आवश्यकताअनुसार उपलब्ध गराउनेछौँ।’

यो वर्षको वीन्टरमा सातदोबाटोस्थित हिटिङ सिस्टमको पौडीपोखरी कोभिडको महामारीका कारण सञ्चालनमा आएको थिएन। तर, महामारीकै कारण बेलायतमा सरकारले पौडी पोखरीमा प्रतिबन्ध लगाएका कारण सागकी स्वर्ण विजेता सिंहले पौडी संघको पुलमा अभ्यास गरेकी थिइन्।

यता, पौडीका खेलाडीले यसअघि जाडोमा राम्रोसँग अभ्यास गर्न नपाएको भन्दै सरकारसँग गुनासो गर्दै आएका थिए।
स्वस्ती श्री विद्यालयका अध्यक्ष चित्रकारले हिटेड स्वीमिङ पुल निर्माणका लागि १५ करोड लागत लागेको बताएका छन्।

प्रकाशित: Apr 01, 2021| 09:43 बिहीबार, चैत १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।