शुक्रबार, असार २६, २०८३

भलिबल च्याम्पियनसिपको पहिलो खेलमा न्यु डायमण्डको जित

पाँचौं संस्करणको एनभीए पुरुष तथा महिला क्लब लिग भलिबल च्याम्पियनसिपको पहिलो खेलमा न्यु डायमण्डले जित निकालेको छ।
 |  बिहीबार, चैत १९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १९, २०७७

काठमाडौं– पाँचौं संस्करणको एनभीए पुरुष तथा महिला क्लब लिग भलिबल च्याम्पियनसिपको पहिलो खेलमा न्यु डायमण्डले जित निकालेको छ।

बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा सम्पन्न खेलमा न्यु डायमण्डले ३–० को सेटमा एपीएफलाई हराएको हो।

न्यु डायमण्डले २५–६, २५–२ र २५–५ को सेटमा जित निकालेको हो। यससँगै न्यु डायमण्डले तीन अंक जोडेको छ।

च्याम्पियनसिपमा महिलातर्फ तीन विभागीयसहित न्यु डायमण्ड, ढोरपाटन क्लब, भरतपुर महानगर रहेको आयोजकले बताएको छ।

त्यस्तै, पुरुषतर्फ पुलिस, सशस्त्र र आर्मी गरी तीन विभागीय टोलीसहित एचएनएससी, बुद्ध युवा क्लब, नयाँबजार क्लब, मनिमुकुन्द क्लब र बुल्बुले रारा क्लब छन्।

प्रकाशित: Apr 01, 2021| 09:40 बिहीबार, चैत १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।