शुक्रबार, असार २६, २०८३

क्लब भलिबल च्याम्पियनसिप आजबाट

नेपाल भलिबल संघ (एनभीए)ले आयोजना गरेको पाचौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप आजबाट सुरु हुँदैछ।
 |  बिहीबार, चैत १९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १९, २०७७

काठमाडौं – नेपाल भलिबल संघ (एनभीए)ले आयोजना गरेको पाचौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप आजबाट सुरु हुँदैछ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने प्रतियोगिता आजबाट चैत २६ गतेसम्म सञ्चालन हुनेछ।

आजको उद्घाटन खेलमा महिलातर्फ न्युडायमन्ड र ढोरपाटन क्लब भिड्नेछन्।

त्यसपछि हुने पुरुषतर्फका खेलमा नयाँ बजार र पुलिस क्लब, एपीएफ र बुलबुले रारा तथा आजको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले मणिमुकुन्द क्लबको सामना गर्नेछ।

लिगमा विजेताले तीन लाख पुरस्कार पाउनेछ भने उपविजेताले डेढ लाख पुरस्कार पाउनेछ। त्यस्तै, तेस्रो र चौथो स्थानमा रहेकोले क्रमशः ७६ र ३७ हजार पुरस्कार पाउनेछ।

प्रतियोगिताका एक जना उत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान २५/२५ हजार पाउनेछन्।

च्याम्पियनसिपको उत्कृष्ट लिबेरो, उत्कृष्ट स्पाइकर, ब्लबकर, सर्भर, सेटर र प्रशिक्षकले पनि विधागत पुरस्कार पाउनेछन्। विधागत पुरस्कार जनही १० हजार रहेको आयोजकले बताएको छ।

पुरुषतर्फ पुलिस, सशस्त्र र आर्मी गरी तीन विभागीय टोलीसहित एचएनएससी, बुद्ध युवा क्लब, नयाँबजार क्लब, मनिमुकुन्द क्लब र बुल्बुले रारा क्लब छन्।

त्यस्तै महिलातर्फ तीन विभागीयसहित न्यु डायमन्ड, ढोरपाटन क्लब, भरतपुर महानगर रहेको आयोजकले बताएको छ।

प्रकाशित: Apr 01, 2021| 02:52 बिहीबार, चैत १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।