शुक्रबार, असार २६, २०८३

युरोपेली छनोटमा फ्रान्स, स्पेन, इङ्गल्यान्ड र इटालिको जित

फिफा विश्वकप २०२२ को युरोपेली छनोटका फुटबलका विभिन्न शत्तिराष्ट्रले जित निकालेका छन्।
 |  बिहीबार, चैत १९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १९, २०७७

काठमाडौं – फिफा विश्वकप २०२२ को युरोपेली छनोटका फुटबलका विभिन्न शत्तिराष्ट्रले जित निकालेका छन्।

बोसनिया हर्जगोभिनाको घरेलु मैदानमा भएको खेलमा घरेलु टिमलाई हराउँदै पाहुँना टिम फ्रान्सले १–० गोलको साँघुरो जित निकालेको हो। प्रतिस्पर्धात्मक खेलमा फ्रान्सको जितका लागि एन्टोनी ग्रिजम्यानले ६०औं मिनेटमा निर्णायक गोल गरे।

स्पेनको सेभियामा भएको अर्को खेलमा घरेलु टोलीले कोसोभोविरुद्ध ३–१ गोलको सहज जित निकालेको छ। स्पेनका ड्यानी ओल्मो ३४औं मिनेट, फरान टोरेसले ३६औं र गेरार्ड मोरेनोले ७५औं मिनेटमा गोल गरे। कोसोभोका बेसन हलिमीले ७०औं मिनेटमा एक सान्त्वना गोल फर्काएका थिए।

घरेलु टिम इङ्गल्यान्डले पोल्यान्डलाई २–१ गोलले हराएको छ। घरेलु मैदानमा जितका लागि इङ्गल्यान्डका ह्यारी केन र ह्यारी म्यागुरीले गोल गरे। त्यसबीच पोल्यान्डका लागि ज्याकुब मोडरले गोल गरेका थिए।

त्यस्तै, लिथुनियाको मैदानमा घरेलु टिमविरुद्ध गोल गर्दै इटालीले जित नकालेको छ। इटालिको जितका लागि स्टोफेनो सेन्सी र सिरो इमोबाइलले गोल गरे।

प्रकाशित: Apr 01, 2021| 02:11 बिहीबार, चैत १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।