शुक्रबार, असार २६, २०८३

विश्वकप छनोटमा २० वर्षपछि जर्मनी पराजित

फिफा विश्वकप छनोट अन्तर्गत बुधबार राति सम्पन्न खेलमा नर्थ म्याकडोनियाले जर्मनीलाई हराएको छ।
 |  बिहीबार, चैत १९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १९, २०७७

काठमाडौं – फिफा विश्वकप छनोट अन्तर्गत बुधबार राति सम्पन्न खेलमा नर्थ म्याकडोनियाले जर्मनीलाई हराएको छ।

चार पटकको विश्वविजेता जर्मनी घरेलु मैदानमै म्याकडोनियासँग २–१ गोलले पराजित भएको हो।

योसँगै जर्मनीको विश्वकप क्वालिफायरमा ३५ खेलको अपराजित यात्रा टुंगिएको छ। उसले २००१ मा इङ्गल्यान्डसँग पराजित भएयता अन्य टिमसँग पराजय भोग्नु परेको थिएन। झन् यो सिजनको छनोटमा उसले गोलको सामना गरेको थिएन्।

तर, गएरातिको खेलमा उसले क्लिन सिटको यात्रामा पनि विराम लगाएको छ।

पहिलो हापको इन्ज्युरी समयमा गोरन पान्डेवले गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका थिए। एक गोलले पछि परेको अवस्थामा जर्मनीका इल्के गुन्डोगनले गोल गर्दै खेललाई दोस्रो हाफमा खेल बराबरी बनाए।

तर, पेनाल्टीमार्फत् जर्मनीले बनाएको बराबरीलाई पछि पार्दै म्याकडोनियाका इल्जिफ इल्मसले ८५औं मिनेटमा गोल गरेपछि जर्मनी पराजित भएको हो।

यो खेलसँगै दुई जित र एक हार सामाना गरेको जर्मनी समूह जे को तेस्रो स्थानमा छ। समान ६ अंक भएको म्याकडोनिया दोस्रो र ९ अंक भएको अर्मेनियाँ शीर्षस्थानमा छ।

प्रकाशित: Apr 01, 2021| 01:57 बिहीबार, चैत १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।