शनिबार, फागुन ३०, २०८२

सदस्य सचिवले किन दिए खेलकुद संघ खारेज गर्ने चेतावनी ?

राष्ट्रिय खेलकुृद परिषद् (राखेप)का सदस्य सचिव रमेश कुमार सिलवालले खेलकुद संघबारे तिखो टिप्पणी गरेका छन्।
 |  बुधबार, चैत १८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत १८, २०७७

काठमाडौं– राष्ट्रिय खेलकुृद परिषद् (राखेप)का सदस्य सचिव रमेश कुमार सिलवालले खेलकुद संघबारे तिखो टिप्पणी गरेका छन्। विषेश रुपमा पारदर्शी नरहेका र कार्यक्रम नल्याउने संघहरुलाई उनले खारेज गर्ने चेतावनीमसेत दिएका छन्।

National life

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको एक कार्यक्रममा उनले भने, ‘काम नगर्ने संघसँग म अब अलिक कडा रुपमा उपस्थित हुँदैछु। त्यसैले अब संघले योजना र कार्यक्रम ल्याउनुपर्छ। त्यसले इमानदारीका साथ काम गर्नुपर्छ।’

राष्ट्रिय खेलकुद परिषद्(राखेप) मा उपलब्ध जानकारी अनुसार नेपालमा २१९ संघ छन्। त्यसमा वर्षभरि व्यस्त कार्यक्रम भएका संघदेखि वर्षमा एउटा पनि कार्यक्रम नगर्ने संघ पनि पर्छन्। नेपालमा विभिन्न खेलका करिब ५० संघले मात्र काम गरिरहेको देखिन्छ।

त्यसबाहेकका संघहरु विदेश जाने, सम्बन्ध विस्तार गर्ने र चुनावमा भोट बढाउने मात्र अभिप्रायले खोलिएका छन्। तेक्वान्दोलगायत कतिपय एकै खेलका विभिन्न संघहरु पनि छन्। त्यही कुरालई इंगित गर्दै उनले भने, ‘अब नक्कली काम गर्न पाइँदैन। चाहे लिडरसिपमा हो वा होइन। नक्कली काम गर्नेलाई कारबाही हुन्छ।’

संघभित्रको विवाद समाधान गर्न र छरिएका संघलाई एक गराउन राखेप र मन्त्रालयको सहकार्यमा राखेपका उपाध्यक्ष शिव कोइरालाको नेतृत्वमा विवाद समाधान समिति बने पनि काम नगरिकनै समिति भंग भयो। ३५ दिनको म्याद पाएको समितिले एक सूचना जारी गर्दै संघलाई आपमा मिल्नका लागि अनुरोध गरेको थियो।

Laxmi sunrise bank
kumari

त्यसबाहेक समितिले केही काम गर्न सकेन। नेपाली खेलकुदको विकासमा मुख्य अवरोध सावित भएको अत्याधिक संघको चापलाई मन्त्रालय र राखेपले अझै नियन्त्रण गर्न सकेको छैन।

संघको यो प्रवृत्तिबारे विरोध जनाउँदै आएका राखेप सदस्य सचिव सिलवालले भने, ‘संघ हुनेवित्तिकै त्यसको खेल्ने ठाउँ चाहिन्छ। खेल्ने ठाउँ नभएकोलाई पनि संघ बनाएको छ।’

उनको प्रश्न छ,‘कहाँ खेलाउँछन् ती संघले ? खेल्ने मैदान छैन। ठाउँ छैन। खाली चुनावको लागि मात्र संघ बनाएको छ। यस्ता संघहरु अब खारेज हुन्छ।’

भर्खरै स्थापना भएका संघ मात्र नभएर स्थापना भएको लामो समय भएका संघले पनि आफ्नै भवन र मैदान बनाउन नसकेको धेरै उदाहरण छन्। यसबारे उनले भने, ‘२०–२५ वर्षसम्म पनि संघ गोजिमै संघ छ भने त्यसको के अर्थ भयो ? त्यस्तो संघको अध्यक्ष भएको केही अर्थ छ ? संघको अध्यक्षलाई नै खेल्ने ठाउँको अत्तोपत्तो छैन भने त्यस्तो अवस्थामा ‘मैले लिडरसिप हाँके’ भन्नुको अर्थ के ?’

लिडरसिप गर्ने हो भने सबैले देखिने सुनिने हुनुपर्ने उनको मत छ। यदि त्यसो हुन नसकेमा संघले गति नलिने सिलवाल बताउँछन्।

तर त्यसबीच काम गरिरहेका संघहरु पनि देखिन्छन्। पछिल्लो वर्ष नेपाल गल्फ संघले युवा तथा खेलकुद मन्त्रालयबाट सम्मान पाएको थियो। पेश्की फर्योट नभएपछि अखिल नेपाल खेलकुद संघ पुरस्कार पाउनबाट चुक्यो।

‘जो जो संघले राम्रो कार्यक्रम ल्याउनुहुन्छ त्यसलाई म सम्मान र रिवार्ड गर्छु। तपाईलाईं थप बजेट व्यवस्था गर्छु,’ उनले भने,‘संघमा पारदर्शिता हुनुपर्छ। सबै संघहरुले हिसाबकिताब राम्रोसँग राख्नुपर्छ।’

तर नेपालका धेरै संघमा पारदर्शिता देखिँदैन। र, गतिला कार्यक्रम पनि छैनन्। उनले भने, ‘आज चैत १८ भयो, २१९ संघमध्ये कति संघले अडिट रिपोर्ट बुझाएको छ भनेर हेर्दा म जिल परेँ। रिपोर्ट पुस मसान्तभित्र नै बुझाउनु पर्ने सरकारी नियम छ। नेपाल सरकार मातहत भएपछि संघले नेपाल सरकारको नियम कार्यान्वयन गर्नु पर्ने हो कि होइन ? रिपोर्ट बुझाउन सक्दैनन्, प्लान अफ एक्सन ल्याउन सक्दैन भने म संघको पदाधिकारी भनेर गर्व गर्ने ठाउँ छैन।’

‘जुन संघले कार्यक्रम ल्याउँदैन, खेलाडी उत्पादन गर्दैन, जुन संघले प्रशिक्षक उत्पादन गर्दैन, जुन संघले अफिसियल उत्पाद गर्दैन। त्यस्तो संघ जिवित हुनुभन्दा मर्नु नै बेस हो,’ सिलवालले थपे, ‘त्यसको सट्टा अर्को मान्छे आउँछ र चलाउँछ। पनि पुरानै ढाँचामा जाने हो भने संघको विकास हुँदैन। त्यसैले संघले कार्यक्रम ल्याउनुपर्यो र त्यसलाई कार्यान्वयन गर्नुपर्यो।’

अहिले विभिन्न संघहरुले ठूलो प्रतियोगिता आयोजना गर्न सकेका छैनन्। राम्रा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सके खेलाडीलाई प्रोत्साहन मिल्छ र विश्व वरियतामा सघाउ पुग्छ। त्यसैले सिलवालले संघलाई ¥याकिङको प्रतियोगिता गर्न र भाग लिन सुझाए।

उनले भने, ‘मेरो आग्रह छ सबै संघले क्यालेन्डर बनाएर काम गर्नुपर्छ। आम्दानी कहाँबाट आयो ल्याउनुहोस्। खर्च कहाँबाट भयो ल्याउनु होस्। कति आम्दानी कति खर्च चाहिन्छ त्यसको हिसाबकिताब हुन्छ।’

यदि त्यसो नभएमा फेरि खेलकुद लठिभद्र हुने उनले बताए।
 

प्रकाशित: Mar 31, 2021| 12:55 बुधबार, चैत १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।