शुक्रबार, असार २६, २०८३

थ्री नेसन्स कप विजेता खेलाडीलाई जनही एक लाख पुरस्कार

पाहुना टिम बंगलादेशलाई २–१ गोलले हराउँदै उपाधि जितेको नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ(एन्फा)ले पुरस्कृत गर्ने भएको छ।
 |  मंगलबार, चैत १७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १७, २०७७

काठमाडौं– पाहुना टिम बंगलादेशलाई २–१ गोलले हराउँदै उपाधि जितेको नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ(एन्फा)ले पुरस्कृत गर्ने भएको छ।

एन्फाले आज विज्ञप्ति जारी गर्दै खेलाडीलाई पुरस्कृत गर्ने घोषणा गरेको हो।

‘प्रतियोगितामा विजयी राष्ट्रिय टिमका खेलाडीलाई प्रथम पुरस्कारबापत प्राप्त हुने पाँच हजार डलर वितरण गरिने र सबै खेलाडीलाई जनही एक लाख पुरस्कार स्वरुप एन्फाले प्रदान गर्नेछ,’ जारी विज्ञप्तिमा भनिएको छ।

एन्फाले गत चैत १० देखि १६ गतेसम्म नेपालमा नेपाल–बंगलादेश–कीर्गिस्तान सम्मिलित थ्री नेसन्स कप आयोजना गरेको थियो। सो प्रतियोगिताको शीर्ष दुईमा रहँदै फाइनल पुगेको नेपालले बंगलादेशविरुद्ध जित निकालेको थियो।

यो जितसँगै नेपालले अन्तराष्ट्रिय फुटबलमा ३७ वर्षपछि घरेलु मैदानमा जित निकालेको छ।
 

प्रकाशित: Mar 30, 2021| 11:42 मंगलबार, चैत १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।