शनिबार, फागुन ३०, २०८२

सर्जियो अग्युरोले म्यानचेस्टर सिटी छोड्ने

२०२१ को जुन अन्तिममा सम्झौता समाम्त भएसँगै म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अग्युरोले प्रिमियर क्लब छोड्ने बताएका छन्।
 |  मंगलबार, चैत १७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १७, २०७७

काठमाडौं – २०२१ को जुन अन्तिममा सम्झौता समाम्त भएसँगै म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अग्युरोले प्रिमियर क्लब छोड्ने बताएका छन्।

National life

इतिहाद रंगशालामा अर्जेन्टिनी फरवार्डको भविष्यबारे चर्चाहरू बाहिरिरहेको समयमा उनले आउँदो विन्डोमा क्लब छोड्ने बताएका हुन्।

उनले सिटीकातर्फबाट जारी सिजनमा ६ खेलमा मात्र सहभागिता जनाएका थिए। २०११ को सिजनमा सिटीको पहिलो रोजाईमा रहँदै क्लबमा अनुबन्ध भएका अग्युरोले रोबर्टो मान्सिनी, म्यानुएल पेलेग्रिनी र पेप ग्वार्डिओलाको प्रशिक्षणमा खेलिसकेका छन्।

यदि उनले यो समरमा क्लब छोडे सर्वाधिक गोलकर्ताका रुपमा क्लब छोड्नेछन्। उनले ३ सय ८४ खेलमा २ सय ५७ गोल गरिसकेका छन्।

उनले १० सिजनका ३ सय ८४ खेलबाट १३ उपाधि जितिसकेका छन्। उनले जितेकोमा चार प्रिमियर लिग, पाँच लिग कप, एक एफए कप र तीन कम्युनिटि शिल्ड जितेका थिए।

Laxmi sunrise bank
kumari

‘उपाधि जित्नका लागि म बाँकि सिजनमा पुरा इफोर्टका साथ खेल्नेछु,’ अग्युरोले सुामाजिक सञ्जाल ट्विटरमा भनेका छन्, ‘त्यसपछि अर्को नयाँ स्टेजमा नयाँ चुनौतिको सामाना गर्न तयार छु। नयाँ ठाउँमा पनि पुरा शक्तिका साथ काम गर्नेछु।’

प्रकाशित: Mar 30, 2021| 06:39 मंगलबार, चैत १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।