शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • बंगलादेशले ६ जना फरवार्ड खेलाउँदा छक्क परेँ : प्रशिक्षक महर्जन

बंगलादेशले ६ जना फरवार्ड खेलाउँदा छक्क परेँ : प्रशिक्षक महर्जन

नेपालले बंगलादेशसँग थ्री नेसन्स कपको फाइनल खेल्दा पाहुना टिम बंगलादेशले ६ खेलाडी उतारेपछि अनौठो लागेको नेपालका प्रशिक्षक बालगोपाल महर्जनले बताएका छन्।
 |  सोमबार, चैत १६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत १६, २०७७

काठमाडौं– नेपालले बंगलादेशसँग थ्री नेसन्स कपको फाइनल खेल्दा पाहुना टिम बंगलादेशले ६ खेलाडी उतारेपछि अनौठो लागेको नेपालका प्रशिक्षक बालगोपाल महर्जनले बताएका छन्।

National life

३–२–४–१ को फर्मेसनमा मैदानमा आएको बंगलादेशलाई उसका प्रशिक्षक जेम्स डेले ६ फरवार्ड दुई मिडफिल्डर र दुई डिफेन्डर खेलाएका थिए।

महर्जनले भने, ‘सुरुमा बंगलादेशको रणनीति देखेर छक्क परें। बंगलादेशले ६ फरवार्डलाई खेलाएको थियो। त्यसले मलाई सुरुमा अचम्म बनाए पनि धैर्य राखेँ। राणनीति अनुसार खेल्दा जित्न गाह्रो भएन।’

उनले थ्री नेसन्स कपको उपाधि नेपाली टिम र समर्थकलाई सुम्पिएका छन्। उनले भने, ‘हामीले जसरी कडा अभ्यास गरेर आएका थियौँ। त्यही अनुसार हामीले खेलाउन सक्यौँ। मैले फाइनलमा केही राणनीति बदलेको थिएँ। यसले विश्वकप छनोटमा सहभागी भएको टिमलाई प्रेरणा दिन सहयोग गर्नेछ।’

त्यस्तै, कप्तान किरण कुमार लिम्बूले पनि थ्री नेसन्स मात्र नभएर साफ जित्ने योजन भएको बताएका छन्। एनले भने, ‘मेरो साफ च्याम्पियन बन्ने सपना छ। तर हाम्रो टिम यसरी नै राम्रो हुँदै जाने हो भने त्यो पनि टाढा छैन।’

Laxmi sunrise bank
kumari

उनले थपे, ‘मैले पछिल्लो समयमा बंगलादेशविरुद्धको खेल छोडेपछि हाम्रो टिम नेपालले निकै अभ्यास गरेको छ। नेपालको टिममा अहिले सबै उत्कृष्ट छन्। म एक खेलाडी मात्र राम्रो छ भनेर भन्दिन।’

पछिल्लो नोभेम्बरमा नेपालले दुई हप्ताको अभ्यासमा बंगलादेशको भूमिमा हार बेहोरेको थियो। त्यसयता नेपालले तीन महिना लगातार अभ्यास गरिरहेको छ।
यसलाई अंकित गर्दै लिम्बूले भने, ‘नोभेम्बरमा हामी खेल्दाखेरी हामी पूरा फिट थिएनौं। अभ्यास पनि धेरै भएको थिएनौँ। तर अहिले पूरा फिट भएका कारण हामीले बंगलादेशलाई हराएको थियौँ। आजको खेलमा नयाँ नेपाली खेलाडीले पनि धेरै आक्रामक खेले।’

उनले टिममा टिममा सल्लाह गरेर विराजलाई प्रतियोगिताको ट्रफी सुम्पिने बताएका छन्।

प्रकाशित: Mar 29, 2021| 17:03 सोमबार, चैत १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।