शुक्रबार, असार २६, २०८३

नेपालले जित्यो थ्री नेसन्स कपको उपाधि

मिडफिल्डर संजोक राईले खेलको १७ औं मिनेटमा र ४२ औं मिनेटमा विशाल राईले गोल गरेपछि नेपालले थ्री नेसन्स कपको उपाधि जितेको छ।
 |  सोमबार, चैत १६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत १६, २०७७

काठमाडौं – मिडफिल्डर संजोक राईले खेलको १७ औं मिनेटमा र ४२ औं मिनेटमा विशाल राईले गोल गरेपछि नेपालले थ्री नेसन्स कपको उपाधि जितेको छ।

थ्री नेसन्स कपअन्तर्गत फाइनल खेलमा संजोक र विशालले गोल गरेपछि नेपालले पहिलो हाफमा बंगलादेशविरुद्ध दुई गोलको अग्रता बनाएको थियो।

तर दोस्रो हाफको २ औं मिनेटमा बंगलादेशका महबुबुर रहमानले गोल गरेपछि खेलको नजिता २–१ भयो। महबुबुरले गत कार्तिक २ भएको खेलमा पनि नेपालविरुद्ध गोल गरेका थिए। निकै प्रतिस्पर्धात्मक फाइनलमा दुवै देशको टिमबाट केही राम्रा मुभहरु भएका थिए।

तर यसअघि दशरथ रंगशालामै भएका दुई खेलमा नेपाली टिम गोल गर्नबाट चुकेको थियो। नेपालले पछिल्ला ८ खेलमा गोल गर्न केको थिएन।

आज नेपालले त्यो गोलको खडेरी तोडेको छ। यसअघि  नेपालले अस्ट्रेलियासँग ५-०, जोर्डनसँग ३-०, म्यानमारसँग ३-०, कुवेतसँग १-० र बंगलादेशसँग २-० गरी लगातार पाँच खेलमा हार बेहोरेको इतिहास छ। त्यसपछि तीन खेलमा नेपालले गोलरहित बराबरी खेलेर आठ खेलसम्म गोल खडेरी कायम राखेको थियो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलको अधिकतम समय बलमा पकड बनाएको नेपालका तर्फबाट खेलको २९ औं मिनेटमा अन्जन विष्टले गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिएपछि नेपाल दोहोरो अग्रता बनाउन चुकेको थियो।

बाँकी समयमा गोल हुन नसकेछपछि नेपालले उपाधिमा कब्जा जमाएको हो।

यो जितसँगै उपाधि विजेता नपालले ५ हजार डलर पुरस्कार पाएको छ भने उपविजेता बंगलादेशले ३ हजार डलर पुरस्कार पाएको छ।

नेपालको २०१६ पछि सिनियर टिमको पहिलो उपाधि हो। आजकाे खेलमा संजाेग राई म्यान अफ दि म्याच भएका छन्।

त्यस्तै मोस्ट भ्यालुएबल प्लेयरको उपाधि रोहित चन्दले पाएका छन्। उनले ५०० डरल पुरस्कार प्राप्त गरेका छन्।

राष्ट्रिय टोलीबाट डिफेन्डरको भूमिका निभाएका चन्दले दुई खेलमा क्लिन सिट राख्न उल्लेखनीय योगदान गरेका थिए।

प्रकाशित: Mar 29, 2021| 13:50 सोमबार, चैत १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।