शुक्रबार, असार २६, २०८३

यस्तो छ बंगलादेशसँग खेल्ने नेपालको प्लेइङ सेट

थ्री नेसन्स कपको उपाधिका लागि आज सोमबार घरेलु टोली नेपालले चिरपरिचित प्रतिद्वन्द्वी बंगलादेशको सामना गर्दैछ।
 |  सोमबार, चैत १६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत १६, २०७७

काठमाडौं– थ्री नेसन्स कपको उपाधिका लागि आज सोमबार घरेलु टोली नेपालले चिरपरिचित प्रतिद्वन्द्वी बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार ५ः३० बजे सुरु हुनेछ।

बंगलादेशसँग खेल्न नेपालले प्लेइङ सेट सार्वजनिक गरेको छ। 

प्लेइङ–११ मा अञ्जन बिष्ट (कप्तान), त्रिदेव गुरुङ, विशाल राई, सुनिल बल, तेज तामाङ, सञ्जोग राई, रञ्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी र किरण चेम्जोङ (गोलकिपर) छन्। 

वैकल्पिकको सूचीमा विकेश कुथु, दीप कार्की, निशान खड्का, अजित भण्डारी, विराज महर्जन, छिरिङ गुरुङ, सुजल श्रेष्ठ, एरिक बिष्ट, रवि पासवान, दर्शन गुरुङ, अभिशेक रिजाल र भरत खवास छन्।

विश्वकप छनोटका खेल स्थगित भएपछि भएको थ्री नेसन्स कपको आयोजना हुँदा घरेलु टोली नेपाल बंगलादेशलाई हराउदै उपाधि जित्ने लक्ष्यमा छ।

आजको खेल हेर्न प्रधानमन्त्री केपी ओली पनि दशरथ रंगशाला पुग्दैछन्।

नेपाल र बंगलादेशबीचको खेल हेर्न दशरथ रंगशाला दर्शकले भरिएको छ। रंगशाला बाहिर पनि समर्थकहरुको भीड छ। उनीहरुले नेपालको झण्डा बोकेर हुटिङ गरिरहेका छन्।

नेपाल र बंगलादेश तेस्रोपटक उपाधिका लागि भिड्न लागेका हुन्। दशरथ रंगशालामा नेपाल र बंगलादेशका फुटबल टोलीबीच यसअघि दुईपटक फाइनल खेल भएको थियो। पहिलोमा नेपाल ४–२ ले र दोस्रोमा बंगलादेश १–० ले विजयी भएको थियो।

प्रकाशित: Mar 29, 2021| 11:06 सोमबार, चैत १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।