शुक्रबार, असार २६, २०८३

थ्री नेसन्स कप फाइनल आज, के भन्छन् प्रशिक्षक र कप्तान?

नेपाल-बंगलादेश-कीर्गिस्तान सम्मिलित त्रिदेशीय फुटबल कपको आज फाइनल हुँदै छ। 
 |  सोमबार, चैत १६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत १६, २०७७

काठमाडौं - नेपाल-बंगलादेश-कीर्गिस्तान सम्मिलित त्रिदेशीय फुटबल कपको आज फाइनल हुँदै छ। 

लिग चरणका खेलमा शीर्ष दुईमा रहेका नेपाल र बंगलादेशले उपाधिका लागि साँझ साढे ५ बजेबाट दशरथ रंगशालामा प्रतिस्पर्धा गर्दैछन्।

दक्षिण एसियाका परस्पर प्रतिद्वन्द्वी नेपाल र बंगलादेशले अहिलेसम्म २२ खेल खेलिसकेका छन्। 

त्यसमा नेपालले ६ खेल जितेको छ भने बंगलादेशको जित ठ्याक्कै दोब्बर छ। बाँकी खेल भने बराबरीमा टुंगिएका छन्। 

यस अवधिबीच नेपालले १४ गोल गरेर २६ गोलको सामना गरेको छ। 

आज खेल हुने भनिएको दशरथ रंगशालामा पनि नेपाल र बंगलादेशबीचको नतिजा उस्तै छ। दशरथ रंगशालामा सात खेल हुँदा नेपालले दुई जित निकाल्न सकेको छ। 

बंगलादेशले तीन खेल जितेको छ। एक खेल चाहिँ बराबरी। त्यस अवधिमा नेपालले सात गोल गर्दा ११ गोलको सामना गरेको छ।

के भन्छन् प्रशिक्षक र कप्तान ?

बालगोपाल महर्जन, प्रशिक्षक नेपाली फुटबल टिम

पछिल्ला दुई खेलमा मैले एउटै सेट उतारेको थिएँ। फर्मेसन पनि ४–४–१–१ को नै रह्यो। तर, त्यसलाई फाइनलमा परिवर्तन गर्ने सोचेको छु। 

पछिल्ला दुई खेलमै स्कोर गर्न नसकेका कारण फाइनलमा स्कोर गर्ने फर्मेसन र टिम बनाउने कोसिस गर्नेछु।

सोचेअनुसार खेले पनि स्कोर ननिस्केको अवस्थामा त्यो कमजोरी हटाउने छु। 

गोल गर्ने दबाब त छ तर, त्यसलाई अवसरको रूपमा लिनुपर्छ। हामी त्यसरी नै लिन्छौं।

यो प्रतियोगितामा उपाधि जित्न सके फाइदाजनक हुने छ। खेलाडी, म आफैं र देशका लागि पनि राम्रो हो।

बंगलादेशले पनि जारी लिगमा गोल गर्न सकेको छैन। हामी त्यसको पनि फाइदा लिँदै खेल्न कोसिस गर्नेछौं। हामी उत्कृष्ट प्रदर्शन र उत्कृष्ट रिजल्टको प्रतीक्षामा छौं।

किरणकुमार लिम्बू, कप्तान नेपाली टिम

राम्रो प्रदर्शनका बाबजुद गोल सम्भव भएको छैन। फाइनलमा हामी स्कोरिङलाई पहिलो प्राथमिकतामा राख्ने छौं। र, गोल बन्नेमा मलाई पूर्ण विश्वास छ।

लामो समयपछि घरेलु मैदानमा फाइनल खेल्न पाएका छौं। त्यसले हामीलाई सुपरएक्साइटेड बनाएको छ। 

यदि यो प्रतियोगिता जित्न सके मेरो कप्तानीमा नेपालले पहिलो उपाधि जित्ने छ। यसर्थमा म आफ्नो पूरा इफोर्ट लगाएर खेल्ने छु।

बंगलादेशका धेरै खेलाडी चिनेको छु। तर, मैले त्यहाँ खेलेर छोडिसकेपछि उनीहरूले निकै प्रगति गरेका रहेछन्। र, उनीहरूसँग हाम्रो निकै पेचिलो प्रतिस्पर्धा हुने पक्का छ।

हाम्रो डिफेन्स निकै राम्रो भएकाले मलाई (गोलकिपर) केही सहज पनि छ।

जेम्स डे, बंगलादेशका प्रशिक्षक

हाम्रो लागि यो फाइनल निकै कठिन हुने छ। प्रतिस्पर्धात्मक खेलमा हाम्रो टिमले यसअघि निकै राम्रो प्रदर्शन गरेको हो। त्यसलाई निरन्तरता दिने कोसिस गर्नेछौं। तर, हरेक फाइनलको अनुभव अन्य खेलभन्दा फरक खालको हुन्छ।

नेपालको होम गेम, घरेलु समर्थकका बाबजुद् हामी जितका लागि संघर्ष गर्ने छौं। हामी राम्रो खेलेर जित्न चहान्छौं।

पछिल्ला खेल बराबरी भएका छन् तर फाइनलमा बराबरीको अवसर हुँदैन। जित नै अत्यावश्यक हो। 

पछिल्ला खेलमा दुवै टिमबाट गोल हुन सकेका छैनन्। फाइनल त्यो सुविधा दुवै टिमलाई हुने छैन। 

नेपालको टिमबाट गोल निस्कन नसकिरहेको कुरा चाहिँ हाम्रो लागि फाइदाजनक छ।

बराबरी नै भए पनि खेल पेनाल्टीबाट टुंगिने छ। पेनाल्टीमा पुगे के हुन्छ टुंगो हुँदैन। तर, हामीले सोच्नुपर्ने के छ भने, पछिल्ला खेल हामीले क्लिन सिट पनि राखेका छौं। 

यसले हामी बलियो रहेको सावित गर्छ। व्यक्तिगतरूपमा यो मेरो चौथो ठूलो प्रतियोगिता पनि हो, त्यसैले म विदेशी माटोमा जित्नका लागि उत्साहित छु।

आउँदो जुनमा बंगलादेशले विश्वकप छनोट खेल्दै छ र यो उपाधि जित्न सकेको खण्डमा विश्वकप छनोटका लागि प्रेरणा मिल्ने छ। र, अन्तिममा भोलि थप अवसर सिर्जना हुनेछ र गोल हुने छ।

जमल भुया, कप्तान बंगलादेश

उपाधि जित्नका लागि हामीसँग प्रशस्त अवसरहरू छन्। 

हामीसँग राम्रा खेलाडीको उत्कृष्ट टिम छ। र, खेलाडीका रूपमा भन्नुपर्दा एउटा उत्साहित खेल हुने छ। 

फाइनलमा अझै धेरै मानिस आउने छन्। र, ठूलो भीडमा खेल्न हामी झन् उत्साहित हुनेछौं।

यता नेपालले लगातार खेलिरहेको छ। उसले एक दिनको ग्यापमा लागतार तीन खेल खेलेका कारण केही थकित छ। यसकारण हामी नेपाली खेलाडीलाई छिटै गलाउने कोसिस गर्नेछौं।

प्रकाशित: Mar 29, 2021| 05:14 सोमबार, चैत १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।