शुक्रबार, असार २६, २०८३

विश्वकप छनोटमा स्पेन र फ्रान्सको जित

विश्वकप छनोटअन्तर्गत आइतबार राति सम्पन्न खेलमा स्पेनले घरेलु टिम जर्जियाविरुद्ध २–१ गोलको जित निकालेको छ।
 |  सोमबार, चैत १६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत १६, २०७७

काठमाडौं - विश्वकप छनोटअन्तर्गत आइतबार राति सम्पन्न खेलमा स्पेनले घरेलु टिम जर्जियाविरुद्ध २–१ गोलको जित निकालेको छ।

समूह बी अन्तर्गतको स्पेनको जितका लागि फरान टोरेस र डानी ओल्मोले समान १–१ गोल गरे।

एक गोलले पछि परेको अवस्थामा फरान टोरेसले ५६ औं मिनेटमा गोल गर्दै खेललाई बराबरी बनाएका थिए। 

प्रतिस्पर्धात्मक खेलको इन्ज्युरी समयमा गोल गर्दै ओल्मोले स्पेनलाई तीन अंक दिलाए।

पहिलो खेलमा ग्रिससँग १–१ गोलको बराबरी खेलेर एक अंक जोडेको स्पेन यो जितसहित चार अंक बनाएर समूहको दोस्रो स्थानमा छ।

६ अंकका साथ शीर्षस्थानमा रहेको स्विडेनले गएरातिको खेलमा कोसोभोलाई हराएको थियो।

फ्रान्सको जित

समूह डी मा रहेको फ्रान्सले पनि विश्वकप छनोटको खेलमा काजकिस्तानलाई  २–० गोलले हराएको छ। 

काजकिस्तानको मैदानमा भएको खेलमा ओउसमान डेम्बेले र सेर्हिय माल्यीले गोल गर्दै फ्रान्सलाई जित दिलाए।

पछिल्लो खेलमा युक्रेनसँग बराबरी खेलेको फ्रान्सले दोस्रो खेलमा जित निकाल्दै चार अंक बनाएको छ।

प्रकाशित: Mar 29, 2021| 02:58 सोमबार, चैत १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।