शुक्रबार, असार २६, २०८३

५०० दिनपछि इंग्ल्यान्डका कप्तान ह्यारी केनले गरे गोल

युरो कप क्वालिफायरमा कोसोभोविरुद्ध गोल गरेपछि गोलखडेरी सामना गरिरहेका कप्तान ह्यारी केनको उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्डले जित निकालेको छ।
 |  सोमबार, चैत १६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत १६, २०७७

काठमाडौं - युरो कप क्वालिफायरमा कोसोभोविरुद्ध गोल गरेपछि गोलखडेरी सामना गरिरहेका कप्तान ह्यारी केनको उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्डले जित निकालेको छ।

उनले इंग्ल्यान्डको टिमबाट ५९६ मिनेट बिना गोल बिताएका केनले आइतबार रातिको खेलमा गोल गरे। 

युराे कप २०२० काे छनाेट खेलमा गाेल गरेयता उनले ५०० दिन बिना गाेल बिताएका थिए।

विश्वकप छनोटअन्तर्गत गएरातिको खेलमा गोल गर्दै उनले लामो गोल खडेरी तोडेका छन्।

उनले अल्वानियाविरुद्ध खेलको ३८ औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए। लुके शले पास उपलब्ध गराएपछि गोल गर्दै केनले इंग्ल्यान्डलाई विश्वकप छनोटमा पनि सुखद् सुरुआत गराए।

विश्वकप १०१८ गोल गोल्डेन बुट विजेता केनले अल्वानियाविरुद्ध खेलको ६८ औं मिनेटमा अर्को गोलका लागि एसिस्ट गरेका थिए। 

उनको एसिस्टमा मेसन माउन्टले गोल गरेपछि पाहुना टिम इंग्ल्यान्डले २–० गोलको जित निकाल्यो।

यो जितसँगै दुई खेलबाट ६ अंक बनाएको इंग्ल्यान्ड समूह आईको शीर्षस्थानमा छ। समान चार अंक भएका पोल्यान्डल र हंगेरी दोस्रो र तेस्रो स्थानमा छन्।

पहिलो खेलमा पोल्यान्डसँग बराबरी खेलेको हंगेरीले गएराति सान मारिनोलाई ३–० गोलले हराएको थियो। त्यस्त, पोल्यान्डले एन्डोर्रालाई ३–० गोलले हराएको थियो।

समूह आईको चौथो स्थानमा रहेको अल्वानियाले एक खेल जितेर तीन अंक जोडेको छ। तर एन्डोर्रा र सान मारिनो अंकविहीन छन्।

प्रकाशित: Mar 29, 2021| 02:40 सोमबार, चैत १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।