शुक्रबार, असार २६, २०८३

विश्वकप छनोटमा जर्मनीको साँघुरो जित

फिफा विश्वकप २०२२ को युरोपेली छनोटअन्तर्गत आइतबार राति सम्पन्न खेलमा जर्मनीले रोमानियाविरुद्ध १–० गोलको जित निकालेको छ।
 |  सोमबार, चैत १६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत १६, २०७७

काठमाडौं – फिफा विश्वकप २०२२ को युरोपेली छनोटअन्तर्गत आइतबार राति सम्पन्न खेलमा जर्मनीले रोमानियाविरुद्ध १–० गोलको जित निकालेको छ।

रोमानियाको राजधानी बुखरेस्टमा सम्पन्न खेलमा सर्ज गन्याब्रीले गोल गरेपछि जर्मनीले जित निकालेको हो।

खेलको १६ औं मिनेटमा जर्मनीका अट्याकिङ् मिडफिल्डर केइ मभाट्र्जले उपलब्ध गराएको पासलाई गन्याब्रीले रोमानियाको पोस्टको दिशा दिए।

यो जितसँगै थप तीन अंक जोडेर ६ अंक बनाएको जर्मनी समूह जे को शीर्षस्थानमा छ। समान ६ अंक भएको अर्मेनिया गोलअन्तरमा पछि पर्दै दोस्रो स्थानमा छ।

अर्मेनियाले गएरातिको खेलमा आइसल्यान्डलाई २-० गोलले हराएको थियो। 

त्यस्तै समूह जे को तेस्रो स्थानमा रहेको नर्थ म्याकडोनियाले लेक्चिन्स्टाइनलाई ५-० गोलले हराएको छ।

म्याकडोनियाले दुई खेलबाट तीन अंक बनाएको छ। 

समूहको चौथो स्थानमा रहेको रोमानियाको पनि तीन अंक छ। 

पाँचौ र छैटौं स्थानका आइसल्यान्ड र लेक्चिन्स्टाइन अंकविहीन छन्।

प्रकाशित: Mar 29, 2021| 02:05 सोमबार, चैत १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।