शुक्रबार, असार २६, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • इङ्गल्यान्डविरुद्ध तीनवटै घरेलु सिरिजको उपाधि इन्डियाको पोल्टामा

इङ्गल्यान्डविरुद्ध तीनवटै घरेलु सिरिजको उपाधि इन्डियाको पोल्टामा

इन्डियाले इङ्गल्यान्डविरुद्ध तीन खेलको एकदिवसीय सिरिजको उपाधि जितेको छ। आइतबार राति सम्पन्न डे–नाइट क्रिकेटमा इन्डियाले इङ्गल्यान्डलाई सात रनले हराउँदै उपाधि जितेको हो।
 |  सोमबार, चैत १६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत १६, २०७७

काठमाडौं – इन्डियाले इङ्गल्यान्डविरुद्ध तीन खेलको एकदिवसीय सिरिजको उपाधि जितेको छ। आइतबार राति सम्पन्न डे–नाइट क्रिकेटमा इन्डियाले इङ्गल्यान्डलाई सात रनले हराउँदै उपाधि जितेको हो।

यससँगै उसले तीनवटै घरेलु सिरिज (टेस्ट, टी२० र एकदिवसीय) को उपाधि आफैले राखेको छ।

पहिलो एकदिवसीय खेलमा ३६ रनको जित निकालेको इन्डियाले दोस्रो खेलमा ६६ रनको हार बेहोरेको थियो। तर, तेस्रो खेलमा जित निकाल्दै उसले २–१ को नतिजाका साथ उपाधि जित्यो।

तेस्रो तथा अन्तिम खेलमा इन्डियाका लागि ऋषभ पन्तले सर्वाधिक ७८ रन गरे। त्यस्तै शिखर धवनाले ६७ रन बनाउँदा हार्दिक पाड्याले ६४ रन बनाए। तीन खेलाडीको अर्धशतकीय सहयोगमा ३२९ रन बनाएको इन्डिया ४८ ओभर दुई बलमा अल आउट भएको थियो।

टस जितेर बलिङ गरेको इङ्गल्यान्डका मार्क वुडले सर्वाधिक तीन विकेट लिए भने आदिल रशिदले दुई विकेट गिराए। एक विकेट लिनेमा साम कुरन, रिस टोप्ले, बेन स्टोक्स, मोइन अली र लियम लिविङस्टोन रहे।

जवाफी ब्याटिङमा साक कुरन अवितिज रहे पनि पाँच रन अभावमा सतक बनाउन सकेनन्। ठ्याक्कै अर्धसतक बनाएका डेबिड मलनलाई ऋर्दुल ठाकुरले आउट गराए।

३३० रनको लक्ष्य पछ्याएको इङ्गल्यान्डका लिविङस्टोनले ३६ र स्टोक्सले ३५ रन बनाए। यससँगै पुरा ओभर खेलेको इङ्गल्यान्डले ३२२ रनमात्र जोड्न सकेपछि इन्डियाले सात रनको जित निकालेको हो।

यअसघि सम्पन्न पाँच खेलको टी–२० सिरिजमा पनि इन्डियाले जित निकालेको थियो भने चेन्नई र अहमदाबमा भएको टेस्ट सिरिजमा पनि इङ्गल्यान्ड पराजित भएको थियो।

पाँच खेलको टी२० सिरिज इन्डियाले ३–२ ले जितेको थियो भने टेस्ट सिरिज ३–१ ले जितेको थियो।

प्रकाशित: Mar 29, 2021| 01:48 सोमबार, चैत १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।