शनिबार, फागुन ३०, २०८२

थ्री नेसन्स कप : फाइनलमा नेपालले गोल गर्ने विश्वास

नेपालले सबै भन्दा लामो गोल खडेरीको रेकर्ड तोड्नका लागि अझै चार खेल बाँकी छ। यदि नेपालले बाँकी चार अन्तराष्ट्रिय खेलमा गोल गर्न नसकेमा ११ खेलको गोलबिहिन यात्रालाई पन्छाउँदै नयाँ रेकर्ड बनाउने छ। तर, के त्यो रेकर्ड सुखद् होला? पक्कै नहोला!
 |  सोमबार, चैत १६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत १६, २०७७

नेपालले सबै भन्दा लामो गोल खडेरीको रेकर्ड तोड्नका लागि अझै चार खेल बाँकी छ। यदि नेपालले बाँकी चार अन्तराष्ट्रिय खेलमा गोल गर्न नसकेमा ११ खेलको गोलबिहिन यात्रालाई पन्छाउँदै नयाँ रेकर्ड बनाउने छ। तर, के त्यो रेकर्ड सुखद् होला? पक्कै नहोला!

National life

यो खुसी हुने रेकर्ड नभइ दु:खी हुने रकेर्ड बन्नेछ। तर, नेपाली फुटबल समर्थकले पछिल्ला आठ अन्तर्राष्ट्रिय खेलमा गोल भएको देखेका छैनन्।

नेपालले सात वर्षअघि सबैभन्दा लामो गोलको खडेरीको सामना गरेको थियो। २०१३ सेप्टेम्बरदेखि २०१५ डिसेम्बरसम्मका ११ गोल गर्न सकेन्। त्यस्तै, तीन वर्षअघि सन् २०१८ देखि २०१९ जुनसम्मका छ अन्तर्राष्ट्रिय खेलमा पनि नेपालले गोल गर्न सकेन्।

नेपालले अस्ट्रेलियासँग ५–०, जोर्डनसँग ३–०, म्यानमारसँग ३–०, कुवेतसँग १–० र बंगलादेशसँग २–० गरि लगातार पाँच खेलमा हार बेहोरेको इतिहास छ। त्यसपछि तीन खेलमा नेपालले गोलरहित बराबरी खेलेर आठ खेलसम्म गोल खडेरी कायम राखेको थियो।

त्यसबीच दुईपटक बंगलादेशसँग बराबरी खेलेको छ भने एक पटक कीर्गिस्तानको यू–२३ टिमविरुद्ध पनि गोल गर्न सकेन्।

Laxmi sunrise bank
kumari

गोलबिहिन यात्रा १० अक्टोबर २०१९ यताको हो। त्यसअघि अन्जन विष्टले गोल गरेपछि नेपालले फिफा विश्वकप छनोटमा चाइनिज ताइपेइलाई हराएको थियो।

‘प्रदर्शन त राम्रै भएको हो। सबैले मेहेनेत गरे पनि स्कोर हुन सकेन,’ शनिबार बंगलादेशविरुद्ध ०–० गोलमा रोकिएपछि म्यान अफ दि म्याच रोहित चन्दले भने, ‘फाइनल पुगेका छौं। त्यसलाई हामीले सकारात्मक रूपमा लिएका छौं। फाइनलमा गोल गर्छौं भन्ने आसा छ।’

उनको जस्तै आसा समर्थकमा पनि रहेको पाइन्छ। नेपाली खेलाडिको हौसला बढाउन मैदान पुगेर दर्शकहरूले हुटिङ गरिरहेका हुन्छन्।

मुख्य प्रशिक्षक बालगोपाल महर्जन भन्छन्,‘लिग चरणमा गाल भएन, अब एकैपटक फाइनलमा गोल गर्छौं।’

उनले अघिल्लो खेलमा गोलमात्र नभएर बल पोसेसन हेर्नुपर्ने बताएका थिए। तर, उनले बंगलादेशसँगका पछिल्ला तीन खेलमा गोल गर्न नसकेपछि भने सोही कुरा दोहोर्‍याएनन्।

‘हाम्रो फरवार्ड लाइनमा समस्दा छ। त्यसलाई काउन्सिलिङ गरेर मिलाउने कोसिस गर्नेछु,’ उनले बंगलादेशविरुद्ध गोलरहित बराबरीमा रोकिएपछि भनेका थिए।

फाइनलमा गोल गर्नैपर्ने तनाव नेपाललाई छ। किनेभने जारी थ्री नेसन्स कपका दुवै खेलमा नेपालले गोल गरेको छैन। 

‘हो, हामी सहभागी तीनै टिमको फारवार्ड चल्न सकेका छैनन्। प्रतिस्पर्धात्मक भएर हो कि! के हो? सबै टिमको समस्या भनेको गोल नहुनु नै हो,’ बंगलादेशका प्रशिक्षक जेम्स डेले भने, ‘आशा छ फाइनल यस्तो खेल हुनेछ जहाँ हामीले गोल देख्न पाउनेछौं।’

नेपालले मात्र होइन कीर्गिस्तानले खाएको आत्मघाति गोल विर्सनले हो भने जारी प्रतियोगितामा तीनै टिमले गोल गरेका छैनन्। त्यसमाथि दशरथ रंगशालामा ६ वर्षपछि फुटबल फर्किएको हो। र, फुटबलको महत्व गोल हुनुले पनि बढ्छ।

गोलरहित बराबरी भन्दा गोल भएपछिको खेल हेर्न समर्थक उत्साहित हुनेछन्। हारजित खेलको पक्ष हो। त्यसलाई आत्मसाथ गरेर रंगशालामा आज फाइनल हेर्न पुगेका समर्थकको आशा हुनेछ– फाइनलमा गोल होस्।

प्रकाशित: Mar 29, 2021| 01:32 सोमबार, चैत १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।