शुक्रबार, असार २६, २०८३

बराबरीमा रोकियो आर्मी र कीर्गिस्तानको खेल

त्रिभुवन आर्मी फुटबल क्लब कीर्गिस्तानको राष्ट्रिय ओलम्पिक टिमसँग गोलरहित बराबरीमा रोकिएको छ।
 |  आइतबार, चैत १५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत १५, २०७७

काठमाडौं– त्रिभुवन आर्मी फुटबल क्लब कीर्गिस्तानको राष्ट्रिय ओलम्पिक टिमसँग गोलरहित बराबरीमा रोकिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न मैत्रीपूर्ण खेलमा आर्मी क्लब बराबरीमा रोकिएको हो। एएफसी कपको तयारीस्वरुप खेलिएको मैत्रीपूर्ण खेल बराबर भयो।

आर्मीले आउँदो अप्रिल ७ मा दशरथ रंगशालामै श्रीलंकाको पुलिस टिमसँग खेल्दैछ। त्यही खेलको तयारीस्वरुप आज मैत्रीपूर्ण खेल भएको हो।
खेलको २६ औं मिनेटमा कीर्गिस्तानका मिडफिल्डर अबिलभ अर्नेजले गरेको प्रहार पोस्टमा ठोकिएर बाहिरिएपछि कीर्गिस्तानले सुनौलो अवसर गुमाएको थियो।

त्यसअघि आर्मीले डिबक्स छेवैबाट पाएको फ्री किकको अवसर गुमाएको थियो। पहिलो हाफको इन्ज्युरी समयमा दुवै टिमले आक्रामक मुभ बनाए पनि गोलले पोस्टको गति लिन सकेन।

दोस्रो हाफको ४८ औं मिनेटमा आर्मीका विवेक बस्नेतको प्रहार पोस्टको नजिकैबाट बाहिरिएको थियो।

आर्मीका तर्फबाट ३५ औं मिनेटमा सुमन अर्यालको ठाउँमा टेक बहादुर बुढाथोकी प्रवेश गरे पनि उनी घाइते भएर मैदान छोडेका थिए। उनको ठाउँ ५७ औं मिनेटमा सुदिलले लिएका थिए।

आर्मीले अन्य धेरै परिवर्तन गरे पनि स्कोरिङ हुन नसक्दा खेल बराबरीमै रोकियो।

यससँगै दशरथ रंगशालामा भएका पछिल्ला तीन खेल नै गोलरहित बराबरीमा रोकिएका छन।

प्रकाशित: Mar 28, 2021| 11:56 आइतबार, चैत १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।