शुक्रबार, असार २६, २०८३

आर्मी र कीर्गिस्तानको खेल निःशुल्क हेर्न सकिने

अखिल नेपाल फुटबल संघ (एन्फा)को सहयोगमा आर्मी क्लबले एएफसी कपको तयारीस्वरूप फुटबल खेल्न लागेको हो।
 |  आइतबार, चैत १५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत १५, २०७७

काठमाडौं - एएफसी कपको तयारीमा रहेको त्रिभुवन आर्मी फुटबल क्लबले थ्री नेसन्स कप खेल्न नेपाल आएको कीर्गिस्तानको यू-२३ सँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को सहयोगमा आर्मी क्लबले एएफसी कपको तयारीस्वरूप फुटबल खेल्न लागेको हो।

आर्मीले आउँदो अप्रिल ७ मा एएफसी प्रिलिमिनरी राउन्डमा श्रीलंकाको पुलिस क्लबसँग खेल्दै छ।

खेल आज (आइतबार) दिउँसोे साढे ३ बजेबाट दशरथ रंगशालामा हुने छ। साथै आजको मैत्रीपूर्ण खेलका लागि एन्फाले निःशुल्क प्रवेशको व्यवस्था मिलाएको छ।

गत वर्ष सम्पन्न सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र क्लबसँग एएफसी लाइसेन्स नभएपछि आर्मीले एएफसी खेल्ने अवसर पाएको हो।

प्रकाशित: Mar 28, 2021| 04:06 आइतबार, चैत १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।