शुक्रबार, असार २६, २०८३

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो पोर्चुगल

फिफा विश्वकप २०२२ को युरोपियन छनोटअन्तर्गत शनिबार राति सम्पन्न खेलमा पोर्चुगल २-२ गोलको बराबरीमा रोकिएको छ।
 |  आइतबार, चैत १५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत १५, २०७७

काठमाडौं - फिफा विश्वकप २०२२ को युरोपियन छनोटअन्तर्गत शनिबार राति सम्पन्न खेलमा पोर्चुगल २-२ गोलको बराबरीमा रोकिएको छ।

सर्बियामा भएको खेलमा पहिलो हाफमा बनाएको अग्रता जोगाउन नसक्दा पाहुना टिम घरेलु टोली सर्बियासँग बराबरीमा रोकिएको हो।

खेलको ११ औं र ३६ औं मिनेटमा पोर्चुगलका डियागो जोटाले गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका थिए। तर, दोस्रो हाफमा सर्बियाले पुनरागमन गर्दै खेललाई बराबरी बनाएको हो।

सर्बियाका लागि अलेक्जेन्डर मित्रोविच र फिलिप कोस्टिचले समान १–१ गोल गरे।

त्यस्तै खेलको इन्ज्युरी समयमा सर्बियाका निकोला मिलेन्कोविचले रातो कार्ड पाएपछि सर्बिया अन्तिम समयमा १० खेलाडीमा समेटिएको थियो।

समूह ए मा रहेको पोर्चुगलले दुई खेलबाट चार अंक बनाएको छ। त्यस्तै समान चार अंक बनाएको सर्बिया गोलअन्तरका आधारमा शीर्षस्थानमा छ।

गएरातिको अर्को खेलमा लक्जम्बर्गले अजरबैजानलाई १–० गोलले हराएर पहिलो जित निकालेको छ। लक्जम्बर्ग तीन अंकका साथ शीर्षस्थानमा छ।

सुरुआती दुवै खेलमा हार बेहारेको आयरल्यान्ड पुछारमा छ।

प्रकाशित: Mar 28, 2021| 02:35 आइतबार, चैत १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।