शुक्रबार, असार २६, २०८३

प्रतिस्पर्धात्मक पहिलो हाफमा नेपाल र बंगलादेशको बराबरी 

बंगलादेशविरुद्ध पहिलो हाफको खेलमा नेपाल पाहुना टिमसँग बराबरीमा रोकिएको छ। 
 |  शनिबार, चैत १४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत १४, २०७७

काठमाडौं- बंगलादेशविरुद्ध पहिलो हाफको खेलमा नेपाल पाहुना टिमसँग बराबरीमा रोकिएको छ। 

थ्री नेशन्स कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसँग खेलिरहँदा पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको हो। 

प्रतिस्पर्धात्मक खेलमा नेपाल र बंगलादेशले केही राम्रा मुभ बनाए पनि गोलले पोस्ट चुम्न नसकेपछि खेल बराबरी भएको हो। 
खेलको २१ औं मिनेटमा त्रिदेव गुरुङले गरेको क्रसलाई अन्जत विष्टले पोस्टबाहिर हेड गरेपपछि घरेलु टिमले अग्रता बनाउने अवसर गुमाएको थियो। 

त्यसअघि खेलको दोस्रो मिनेटमै नेपालले पाएको कर्नर पनि सदुपयोग गर्न सकेन। बंगलादेशले पनि यस्तै केही अवसर खेल फाल्यो। 

४० औं मिनेटमा कप्तान जमल भुयाले प्रहार गरेको फ्रिकिक पोस्ट नजिकैबाट बाहिरिएको थियो। 

त्यसअघि खेलको ३७ औं मिनेटमा कप्तान भुयाले दिएको पासलाई मोहम्मद इमानले पोस्टबाहिर प्रहार गदैै खेल फलेका थिए।

यो समूह चरणको अन्तिम र निर्णयक खेल हो। नेपालले एकभन्दा धेरै गोलअन्तरमा हार बेहोरेको खण्डमा समूह चरणबाटै बाहिरिने छ भने जित वा बराबरी भएको खण्डमा नेपाल फाइनल पुग्नेछ।

फाइनलमा पुग्ने टिमले बंगलादेशसँग सोमबार खेल्नेछ।

प्रकाशित: Mar 27, 2021| 12:41 शनिबार, चैत १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।