शुक्रबार, असार २६, २०८३

चुली कप भलिबलको उपाधि आयोजककै पोल्टामा

सुर्खेतमा भएको ‘प्रथम चुली कप-२०७७’ प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक टोली ‘चुली युवा क्लब’ ले नै जितेको छ। 
 |  शनिबार, चैत १४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत १४, २०७७

सुर्खेत- सुर्खेतमा भएको ‘प्रथम चुली कप-२०७७’ प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक टोली ‘चुली युवा क्लब’ ले नै जितेको छ। 

शनिबार भएको फाइनल प्रतियोगितामा पाहुना टोली रुकुमपश्चिमलाई ३-० को सोझो सेटमा हराउँदै चुलीले उपाधि हात पार्न सफल भएको हो। उपाधिसँगै चुलीले नगद २ लाख नगद र टर्फी हात पारेको छ।

त्यस्तै उपविजेता रुकुमले नगद १ लाख ५० हजार र टर्फीमा जित्त बुझाएको छ। प्रतियोगितामा तेस्रो भएको हाम्रो कम्प्युटर सुर्खेतले १ लाख र सान्तोना भएको बनगाड कुपिण्डे युवा क्लव सल्यानले ५० हजारमा चित्त बुझाएको छ।

प्रतियोगितामा उत्कृष्ट प्लेयर धनश्याम चौधरीले १५ हजार र उत्कृष्ट स्पाइकर ललित विक, उत्कृष्ट सर्भर हरि पाण्डे, उत्कृष्ट सटर सुजन चोखाल, उत्कृष्ट डिफेन्डर राजन दर्लामीमगर, उत्कृष्ट ब्लकर महेन्द्र चौधरी र उत्कृष्ट कोच सुवास जिसीले टर्फीसहित नगद ७ हजार ५०० पुरस्कार पाएका छन्।

गएको बुधबारदेखि भएको प्रतियोगितामा विभिन्न ८ टिमले भाग लिएका थिए। 

प्रकाशित: Mar 27, 2021| 11:50 शनिबार, चैत १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।