शनिबार, फागुन ३०, २०८२

थ्री नेशन्स कप : यस्तो छ बंगलादेशविरुद्धको प्लेइङ सेट

दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुने खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी मानिएको बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो।
 |  शनिबार, चैत १४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत १४, २०७७

काठमाडौं- थ्री नेशन्स कप फुटबलमा नेपाल आज बंगलादेशविरुद्ध मैदान उत्रिँदैछ।

National life

दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुने खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी मानिएको बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो।

नेपाललाई फाइनलमा पुग्नका लागि आजको खेलमा जित वा बराबरी अनिवार्य छ।

बंगलादेशले आफ्नो पहिलो खेलमा किर्गीस्तानलाई पराजित गरेर अंक तालिकामा स्पष्ट ३ अंक जोडेको छ।
नेपालले किर्गीस्तानसँगको खेल बराबरीमा रोका कारण अंक बाँडेको छ।

आजको खेल जित्न सके शीर्ष दुई टोलीको रुपमा नेपाल फाइनल प्रवेश गर्नेछ। बराबरी भए दुई अंक जोडेर अघि बढ्नेछ भने पराजित भएमा गोल अंकमा निर्भर हुनेछ।

Laxmi sunrise bank
kumari

यो हो बंगलादेशविरुद्धको सेट

गोलकिपर : किरण कुमार लिम्बू, विकेश कुथू र दिप कार्की

डिफेन्डर्स : रन्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज महर्जन र छिरिङ गुरुङ

मिडफिल्डर : त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, संजोग राई, विशाल राई, सुनिल बल र रवी शंकर पाशवान

फरवार्ड : अन्जन विष्ट, दर्शन गुरुङ, अभिषेक रिजाल र भरत खवास

त्रिदेव गुरुङ र सन्जोक राई आज डेब्यू गर्दै। (त्रिदेव र संजोकले किर्गीतानविरुद्धको खेल खेले पनि फिफाले उक्त दिनको खेललाई मान्यता नदिएका कारण आजको खेल नै डेब्यु बन्ने भएको छ।)

प्रकाशित: Mar 27, 2021| 11:12 शनिबार, चैत १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।