शनिबार, फागुन ३०, २०८२

सप्तरी प्रिमियर लिगको उपाधि खडक वारियर्सलाई

खडक वारियर्सले रुपनी राईडर्सलाई १ रनले पराजित गर्दै तेस्रो संस्करणको सप्तरी प्रिमियर लिगको उपाधि जितेको छ।
 |  शनिबार, चैत १४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत १४, २०७७

काठमाडौं- खडक वारियर्सले रुपनी राईडर्सलाई १ रनले पराजित गर्दै तेस्रो संस्करणको सप्तरी प्रिमियर लिगको उपाधि जितेको छ।

National life

राज रंगशालामा आज सम्पन्न फाइनल खेलमा खडक वारियर्सले दिएको १४७ रनको लक्ष्य पछ्याउने क्रममा रुपनी राईडर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनाउन सक्यो।

रुपनीको लागि निरज मुखियाले अविजित ५२ रन बनाए भने सुनिल धमलाले २३, अमित यादवले १९ तथा कुशल भुर्तेलले १५ रन बनाए।

खडकको बलिङमा अनिल खरेल र गोमानंद अमात्यले समान ३ विकेट लिए। खरेलले ४ ओभरमा १ मेडन ओभर गर्दै १० रन तथा अमात्यले ४ ओभरमा १८ रन खर्चिए। भुलावन सहानीले २ विकेट तथा पवन सर्राफले १ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ रोजेको खडकले निर्धारित २० ओभरमा ६ विकेट क्षतिमा १४६ रन बनाएको थियो।
खडकको लागि ओपनर निरज यादवले सर्वाधिक ५१ रन बनाए। यस क्रममा उनले ५० बलमा ४ चौका र १ छक्का प्रहार गरे।

Laxmi sunrise bank
kumari

अर्का ओपनर अनिल शाहले २९ रन, कप्तान विवेक यादवले २२ रन तथा भुलावन सहानीले अविजित १३ रन बनाए।
पहिलो विकेटको लागि अनिल र निरजले ५८ रनको साझेदारी गरेका थिए।

रुपनी राईडर्सको बलिङमा दायाँ हाते फास्ट बलर अनिल यादवले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ३४ रन खर्चिए। सुनिल धमला र कुशल भुर्तेलले समान १ विकेट लिए।

उपाधिसहित बजाज खडक वारियर्सले ३ लाख रुपैयाँ हात पार्यो। यस्तै रुपनी राईडर्सले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो।

प्रतियोगिताकै उत्कृष्ट खेलाडी बजाज खडक वारियर्सका अनिल कुमार शाह चुनिए जसले २५ हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगितामा अनिलले २ वटा शतक र एउटा अर्धशतक प्रहार गर्दै ५ खेलमा कुल ३३४ रन बनाए।

प्रतियोगिताकै उत्कृष्ट बलर विशाल सुस्लिङ र उत्कृष्ट ब्याट्सम्यान अनिल शाह चुनिए जसले रु. १५ हजार प्राप्त गरे। विशालले प्रतियोगितामा ४ खेलमा ९ विकेट लिए।

प्रकाशित: Mar 27, 2021| 10:46 शनिबार, चैत १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।