शनिबार, फागुन ३०, २०८२

पोखरा म्याराथन : तिर्थ र फूलमतीलाई उपाधि

पोखरा अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत शनिबार सम्पन्न पुरुष तथा महिला दौडको उपाधि भारतीय सेनामा कार्यरत तिर्थ पुन र महिलातर्फ शसस्त्र प्रहरी बल एपीएफ क्लबकी फूलमती रानाले जितेका छन्। 
 |  शनिबार, चैत १४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत १४, २०७७

पोखरा- पोखरा अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत शनिबार सम्पन्न पुरुष तथा महिला दौडको उपाधि भारतीय सेनामा कार्यरत तिर्थ पुन र महिलातर्फ शसस्त्र प्रहरी बल एपीएफ क्लबकी फूलमती रानाले जितेका छन्। 

National life

भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ भारतीय सेनामा कार्यरत पुनले ३३ मिनेट ३३.०८ सेकेण्डमा दौड पुरा गर्दै उपाधि हात पारे। उनले नगद नगद १५ हजार पुरस्कार पाए।

पुरुषतर्फ नै नेपाली सेनाका जितेन्द्र दनुवार दोस्रो भएका छन्। उनले ३४ मिनेट ०७.०३ सेकेण्डमा दुरी पुरा गर्दै नगद १० हजार हात पारे भने काठमाडौका शिव बहादुर रायमाझी ३४ मिनेट २२.०५ सेकेण्डमा दूरी पार गर्दै तेस्रो भएका छन्। उनले नगद ५ हजार पाए।

महिलातर्फ सशस्त्र प्रहरीकी फूलमती रानाले ८३ जना प्रतिस्पर्धीलाई उछिन्दै उपाधि हात पारिन्। उनले उक्त दौड ४० मिनेट ५२.०२ सेकेण्डमा पुरा गर्दै नगद १५ हजार पुरस्कार पाइन्। 

धरानकी छेन्वी राईले ४२ मिनेट ०१.०६ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भइन्। उनले नगद १० हजार हात पारेकी छन्। 
एपीएफकी आशा रावतले ४३ मिनेट ५२.०३ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भइन्। उनले नगद ५ हजार प्राप्त गरेकी छन्।

Laxmi sunrise bank
kumari

पोखरा रंगशालाबाट सुरु भएको दौडको शुभारम्भ पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले गरेका गरेका थिए। कार्यक्रममा राष्ट्रिय खेलकूद परिषदका सदस्य राजेश कुमार गुरुङलगायतको सहभागिता थियो।

१० किमि दौडमा सहभागी जेष्ठ नागरिक ७४ वर्षीय टंक बहादुर श्रेष्ठलाई उनको हौसलाको कदर गर्दै महानगरका प्रमुख जिसीले नगद १० हजार प्रदान गर्ने घोषणा गरे। 

१५ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत भएको उक्त दौड नगरका विभिन्न भाग परिक्रमा गर्दै मानवअधिकार चोकमा पुगेर सम्पन्न भएको थियो।

प्रतियोगितामा विभिन्न १७ जिल्लाका पुरुषतर्फ ४३९ र महिलातर्फ ८३ जना धावकले सहभागिता जनाएका थिए। पोखरा म्याराथन अन्तर्गत आगामी वैशाख ४ गते ५ किमी छात्र–छात्रा दौड हुने मञ्चले जनाएको छ।

प्रकाशित: Mar 27, 2021| 10:20 शनिबार, चैत १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।