आइतबार, असार २८, २०८३

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले हैटीलाई चार शून्य गोलले पराजित गरेको छ । कप्तान लियोनल मेसीले गरेको ह्याट्रिक गोलको मद्दतले अर्जेन्टिनाले हैटीलाई चार शून्यले पराजित गरेको हो । 

मेसीले पहिलो हाफमा १ तथा दोस्रो हाफमा २ गोल गरे । अर्को गोल वैकल्पिक खेलाडी सर्जियो अगुएरोले थपे । मेसीले १७ औँ मिनेटमा पहिलो गोल गरेका थिए भने ५८ औँ र ६६ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । अगुएरोले ६९ औँ मिनेटमा अर्जेन्टिनाका लागि चौथो गोल गरे । 

रसियमा हुने विश्वकप खेल्न जानुअघि अर्जेन्टिनाले अर्को साता इजरायलसँग वार्म अफ म्याच खेल्नेछ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।