शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • दिल्ली क्यापिटलको कप्तानी दौड : अश्विन वा रहाणे, स्मिथ वा पन्त ?

दिल्ली क्यापिटलको कप्तानी दौड : अश्विन वा रहाणे, स्मिथ वा पन्त ?

विश्वकै महँगो क्रिकेट फ्रेन्चाइज लिग आईपीएलमा कप्तानको जिम्मेवारी, प्रतिष्ठा र प्रतिस्पर्धा शीर्ष ठाउँ हो।
 |  शुक्रबार, चैत १३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १३, २०७७

काठमाडौं– विश्वकै महँगो क्रिकेट फ्रेन्चाइज लिग आईपीएलमा कप्तानको जिम्मेवारी, प्रतिष्ठा र प्रतिस्पर्धा शीर्ष ठाउँ हो।

National life

प्रथमतः कप्तानीका लागि छानिने खेलाडीमा सिजनका सबै खेलको प्लेइङ सेटमा पर्ने खुबी हुनुपर्छ। जसले टिमको सन्तुलन पनि कायम गर्न सकोस्।

यसकारण विदेशी खेलाडी कप्तानको जिम्मेवारीको मामलामा जहिल्यै मारमा पर्ने गरेका छन्। तथापि हैदराबादले भने व्यवस्थापन गर्न सकिरहेको देखिन्छ। 

आईपीएलमा चार जनामात्र विदेशी खेलाडी राख्न पाउने नियम छ। त्यसैले एकै विदेशी खेलाडीलाई कति खेलमा खेलाउन सकिएला भन्ने विदेशी कप्तान राख्नुअघि टिमले सोच्नुपर्ने पाटो हो। साथै छनोट गरिएको कप्तानसँग फ्रेन्चाइज ब्राण्डलाई अझ बढाउने क्षमता टिमले हेर्ने अर्को पाटो हो।

यस्तै विभिन्न कारणले दिल्ली क्यापिटललाई कप्तान छान्न लागि निकै सकस छ। अप्रिल ९ बाट सुरु हुने आईपीएल मुखैमा आइपुग्दा पहिलेका कप्तान श्रेयस अय्यर घाइते भएपछि युवा स्टारले भरिएको टिमलाई यो गाह्रो त हुने नै भयो।

Laxmi sunrise bank
kumari

अय्यरको बायाँ काँधमा चोट लागेपछि उनी आउँदो पूरा सिजन रेस्टमा हुनेछन्। यसअघि कप्तानी सम्हालेका उनले टिमलाई फाइनलसम्म पुर्याएका थिए।

अब क्यापिटलले छान्ने कप्तानलाई कम्तिमा पनि अय्यरले पुर्याएको योगदानको कभर गर्ने जिम्मेवारी रहनेछ। अहिले कप्तानीका लागि दिल्लीसँग चार विकल्प छन्– रवीचन्द्र अश्विन, अजिंक्य रहाणे, स्टिभ स्मिथ  र ऋषभ पन्त। बजारमा चर्चा पनि यी चारको बढी देखिन्छ।

अश्विन

इंग्ल्यान्डविरुद्ध चार खेलको टेस्ट सिरिजमा सनसनी मच्चाएका रविचन्द्र अश्विन दिल्लीको कप्तानीका लागि एक विकल्प हुन्। उनी आईपीएलका अनुभवी कप्तानसमेत हुन्। २८ खेलमा १२ जित निकालेको अनुभव अश्विनसँग छ।

यसकारण उनी प्राकृतिक र तार्किक हिसाबले टिममा मजबुत देखिन्छन्। पञ्जाब किंग्सबाट २०१८ र २०१९ मा कप्तानी गर्दा उनले टिमलाई ठूलो योगदान भने दिन सकेका थिएनन्।

तर दिल्लीका प्रशिक्षक रिकी पोन्टिङसँग उनको सम्बन्ध राम्रो छ। उनी लचिलो रणनीतिका साथ खेल्न रुचाउँछन्। त्यसैले उनलाई टिम सम्हाल्ने जिम्मेवारी रहने सम्भावना छ।

पन्त

पन्त क्यापिटलको लागि फ्रेस कप्तान हुनसक्छन्। सामान्य अवस्थामा उनी क्यापिटलका उपकप्तान हुन्। यसकारण उनी अघि आउने सम्भावना पनि बलियो देखिन्छ।

२०१८ को खेलाडी लिलामीअघि दिल्ली आएका खेलाडीसमेत हुन् पन्त। त्यो कुरालाई मध्यनजर गर्दा क्यापिटलको आँखामा पर्न उनी चुक्ने छैनन्। अयरलाई कप्तानी दिनुअघि पनि पन्तलाई भावि कप्तानको रुपमा हेरिएको थियो।

त्यसबेला छायामा परेका उनी अहिले फेरि चर्चामा छन्। यो तीन वर्षमा उनले थप अनुभव बटुलेका छन्। अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव बटुलिसकेका २३ वर्षे क्रिकेटर दिल्लीका लागि दीर्घकालिन समाधान पनि हुन सक्नेछन्।

आईपीएलमा कप्तानीको अनुभव नभए पनि उनले घरेलु क्रिकेटमा भने दिल्लीलाई लिड गरिसकेका छन्।

स्मिथ

पछिल्लो सिजनमा राजस्थान रोयल्सको कप्तानी सम्हालेका स्मिथलाई क्लबले रिलिज गरेपछि उनी अक्सनबाट दिल्लीमा पुगेका हुन्।

आईपीएलमा ४३ खेलको कप्तानी सम्हालेका उनले २५ जित हात पारिसकेका छन्। पछिल्लो सिजनमा गतिलो प्रदर्शन नगरेका उनलाई गल्तीलाई सुधार गर्दै अघि बढ्ने अवसर प्राप्त भएको छ। र, कप्तानीको जिम्मेवारी पाउने अर्को अवसर पनि।

पछिल्लो अक्सनमा उनी दुई करोड २० लाख भारुमा बिक्री भएका थिए। उनीजस्ता विश्वचर्चित खेलाडीको लागि यो अत्यन्तै कम मूल्य हो। राजस्थानमा कप्तानी सम्हाले पनि टप अर्डर ब्याटिङमा निरन्तर चुकेपछि राजस्थानले उनलाई अक्सनमा पठाएको थियो। र, दिल्लीले कम मूल्यमा भित्र्याउन पायो।

यस्तो अवस्थामा विदेशी कोटालाई ख्यालमा राख्दै आईपीएलले उनलाई कप्तानीको जिम्मेवारी दिने कि नदिने भन्ने दुविधा भने कायम छ।

उनको कप्तानी पछिल्लो सिजनमा जस्तै भए पूरै सिजनको प्लेइङ सेटमा अटाउने हुन वा होइनन् यो समस्याबारे क्यापिटलले विचार गर्नुपर्ने छ। यद्यपि अनुभवका हिसाबले उनी लोकप्रिय र राम्रो लिडर पनि हुन्।

रहाणे

२५ आईपीएलमा ९ खेल जिताएका कप्तान अजिंक्य रहाणेले अष्ट्रेलियाविरुद्धको टेस्ट सिरिजमा कप्तानी गर्दै पुनरागमन जित निकालेका थिए। त्यसपछि उनलाई इन्डियाकै टिम लिड गर्नसक्ने क्षमतावान् खेलाडीका रुपमा लिइएको छ।

तर आईपीएल कप्तानीमा उनको छवि भने राम्रो छैन। त्यसले उनलाई राजस्थान रोयल्सले कप्तानीको जिम्मेवारीबाट पन्छाएको थियो।

तर उनी खेलाडीका लागि सम्मानित र टिममा आक्रामक लिडर हुन्। उनीसँग दुई आईपीएल सेन्चुरी पनि छ। तर पछिल्लो आईपीएलमा आठ इनिङ खेलेका रहाणेले ११३ रन मात्र बनाएका थिए।

प्रकाशित: Mar 26, 2021| 10:29 शुक्रबार, चैत १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।