शुक्रबार, असार २६, २०८३

अप्रिलमा नेपालले त्रिदेशीय सिरिज खेल्ने

नेपालले आउँदो अप्रिल १७ देखि २४ सम्म त्रिदेशीय सिरिज खेल्ने भएको छ।
 |  शुक्रबार, चैत १३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १३, २०७७

काठमाडौं - नेपालले आउँदो अप्रिल १७ देखि २४ सम्म त्रिदेशीय सिरिज खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले आउँदो अप्रिलमा नेपाल–नेदरल्यान्ड–मलेसिया सम्मिलित त्रिदेशीय टी–२० क्रिकेट सिरिज आयोजना गर्न लागेको बताएको हो।

प्रतियोगितामा एक देशले बाँकी राष्ट्रसँग दुई पटक खेल्नेछ। डलब राउन्ड रोबिनमा हुने लिग चरणको शीर्ष दुईमा रहने टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

अप्रिलमा त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिता पछिल्लो डिसेम्बरबाट कोभिड–१९ को संक्रमण नियन्त्रणभित्र आएपछि को सुहाउँदो समय रहेको क्यानको अनुमान छ।

प्रतियोगिताका क्रममा खेलाडी र अफिसियल बायोसेक्योर बबलमा रहने छन्। बबलमा जानका लागि कोभिड–१९ टेस्टको रिपोर्ट नेगेटिभ हुनुपर्ने क्यानले बताएको छ।

‘छोटो समयमै त्रिदेशीय शृंखलाको निम्तो स्वीकारेर सम्मितिल हुन तयार नेदरल्यान्ड र मलेसियालाई धन्यवाद भन्न चहान्छु। हामीले अन्तर्राष्ट्रिय क्रिकेट फर्काएकोमा निकै खुसी छौं,’ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले भने।

प्रतियोगितामा सहभागी हुने नेदरल्यान्डका प्रशिक्षक रियन क्याम्बेलले पनि नेपालमा खेल्न पाउँदा उत्साहित भएको बताएका छन्।

उनले भने, ‘२०१९ पछि नखेलेको टिम नेपालको सिरिजमा सहभागी बन्दै गर्दा म पनि निकै खुसी छु। हाम्रा खेलाडीले अनिश्चितताका बाबजुद निकै अभ्यास गरेका छन्। त्यसलाई उपयोग गर्दै नेपाल र मलेसियासँगको खेलले हामीलाई विश्व क्रिकेटमा फर्कन सहयोग गर्नेछ।’

त्यस्तै मलेसिया क्रिकेट एसोसिएसनका अध्यक्ष महिन्द वालिपुरमले एक वर्षपछि क्रिकेटमा फर्कन पाउँदा खुसी व्यक्त गरेका छन्।

मलेसियाले गत वर्षको फेब्रुअरीयता अन्तर्राष्ट्रिय क्रिकेट खेलेको छैन। गत वर्षको फागुनयता नेपालले पनि अन्तराष्ट्रिय खेलमा सहभागिता जनाएको छैन।

पछिल्लो समय नेपाल र मलेसियाले थाइल्यान्डमा सम्पन्न ईस्टन रिजनमा सँगै प्रतिस्पर्धा गरेका थिए। ‘यो प्रतियोगिताले हामीलाई अन्तर्राष्ट्रिय क्रिकेटमा फर्काउनेछ। नेपाल क्रिकेटको राम्रो वातावरण भएको मुलुक हो हामी नेपालमा खेल्न उत्साहित छौं,’ अध्यक्ष वालिपुरमले भने।

प्रकाशित: Mar 26, 2021| 10:26 शुक्रबार, चैत १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।