शुक्रबार, असार २६, २०८३

खडक वारियर्स र रुपनी राइडर्स सप्तरी प्रिमियर लिगको फाइनलमा

खडक वारियर्स र रुपनी राईडर्स तेश्रो संस्करणको सप्तरी प्रिमियर लिगको फाइनलमा प्रवेश गरेका छन्। 
 |  शुक्रबार, चैत १३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १३, २०७७

काठमाडौं– खडक वारियर्स र रुपनी राईडर्स तेश्रो संस्करणको सप्तरी प्रिमियर लिगको फाइनलमा प्रवेश गरेका छन्। 

शुक्रबार प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा खडक वारियर्सले किंग्स राजविराजलाई २७ रनले पराजित गर्दै वारियर्स अंकतालिकाको शिर्षस्थानमा रहँदै फाइनल पगेको हो।

त्यस्तै, अंकतालिकाको दोश्रो स्थानमा रहँदै रुपनी राईडर्स फाइनल प्रवेश गर्यो। वारियर्स र राईडर्स दुवैले लिग चरणमा ४ खेल खेल्दा समान ३ जित र १ हार बेहोरेका छन्।

अब शनिवार दुई टिम बीच उपाधिको लागि प्रतिस्पर्धा हुनेछ। 

राज रंगशालामा आज (शुक्रबार) सम्पन्न खेलमा वारियर्सले दिएको १८२ रनको लक्ष्य पछ्याउने क्रममा राजविराजले पुरै २० ओभर ब्याटिंग गरेता पनि ७ विकेट क्षतिमा १५४ रन मात्र बनाउन सक्यो। 

राजविराजका लागि रोबिन सिंहले ५१ रनको अर्धशतकीय योगदान दिए। सुरज कुर्मीले ३६ रन, प्रशान्त सिंहले २४ रन बनाए। वारियर्सको बलिङमा गोमानन्द अमात्य, भुलावन सहानी र अनिल खरेलले समान २ विकेट लिए भने पप्पु यादवले १ विकेट लिए। 

यस अघि टस जितेर ब्याटिङ गरेको वारियर्सले निर्धारित २० ओभरमा ४ विकेट क्षेतीमा १८१ रन बनाएको थियो। वारियर्सको लागि ओपनर अनिल शाहले सर्वाधिक ७० रन योगदान दिए। कप्तान विवेक यादवले ३७ रन बनाए भने निरज यादवले ३२ तथा पवन सर्राफले १८ रनको योगदान दिए।

टिभीएस किंग्स राजविराजको बलिंगमा रोबिन सिंह, मेहबुब आलम र दिनेश अधिकारीले समान १ विकेट लिए। 

खेलको प्लेयर अफ द म्याच अनिल शाह चुनिए।
 

प्रकाशित: Mar 26, 2021| 09:13 शुक्रबार, चैत १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।