शुक्रबार, असार २६, २०८३

एनबीए कप च्याम्पियनसिपको मिति सर्‍यो

नेपाल ब्याडमिन्टन संघ (एनबीए)को आयोजनमा हुने एनबिए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको मिति परिवर्तन भएको छ।
 |  शुक्रबार, चैत १३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १३, २०७७

काठमाडौं– नेपाल ब्याडमिन्टन संघ (एनबीए)को आयोजनमा हुने एनबिए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको मिति परिवर्तन भएको छ।

०७७ चैत १५ देखि १८ गतेसम्म आयोजना हुने भनिएको च्याम्पियनसिप कभर्डहलको व्यस्तताका कारण समय हेरफेर गर्नुपरेको एनबीएले जनाएको छ।

आयोजक संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले भने, ‘अब च्याम्पियनसिप ०७८ वैशाख ४ देखि ८ गतेसम्म हुनेछ।’

दशरथ रंगशालास्थित कभर्डहलमा आयोजना हुने प्रतियोगितामा पुरुष तथा महिला एकल, युगल, मिश्रित युगल, ब्वाइज तथा गर्ल्स यु–१७ र भेट्रान्स युगल ४५ गरी ८ विधामा प्रतिस्पर्धा हुँदैछ।

रेंकिङ प्रतियोगिता रहेको च्याम्पियनसिपमा संघसँग आवद्ध जिल्ला ब्याडमिन्टन संघ र आवद्ध हुन बाँकी जिल्ला, विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्बलका खेलाडीहरुले सहभागिता जनाउन पाउने छन्।

२७ लाखको अनुमानित बजेट रहेको च्याम्पियनसिपमा पुरुष तथा महिला एकलका शीर्ष तीन विजेताले नगद ५० हजार, २५ हजार र १२ हजार ५ सय सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्।

यस्तै युगलतर्फका शिर्ष तीनले नगद ३० हजार, १५ हजार र ७ हजार ५ सयसहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यु–१७ ब्वाइज तथा गर्ल्सका शीर्ष तीन विजयीले नगद २० हजार, १० हजार र ५ हजार, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्।

विश्व ब्याडमिन्टन महासंघको नियमानुसार खेलाइने च्याम्पियनसिपका लागि प्रत्येक जिल्लालाई पुरुष तथा महिला शीर्ष १६ वरियताबाहेक २ पुरुष र २ महिला कोटा प्रदान गरिएको छ। 

यु–१७ तर्फ पनि प्रत्येक जिल्लाका लागि २ केटा र २ केटीको कोटा प्रदान गरिएको र प्रत्येक टिममा एक जना प्रशिक्षक र एक व्यवस्थापक रहने छन्।

कोटामा परेका प्रत्येक खेलाडी, प्रशिक्षक र व्यवस्थापकले खान–बस्नका लागि दैनिक ८ सय  प्राप्त गर्नेछन्।
 

प्रकाशित: Mar 26, 2021| 08:54 शुक्रबार, चैत १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।