शुक्रबार, असार २६, २०८३

इंग्ल्यान्डको जितमा वाटकिन्सको डेब्यू गोल

विश्वकप छनोटअन्तर्गत बिहीबार रातिको खेलमा डेब्यू गरेका ओलिए वाटकिन्सले फिनिसिङ गोल गरेपछि इंग्ल्यान्डले सान मारिनोमाथि ५–० गोलको जित निकालेको छ।
 |  शुक्रबार, चैत १३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १३, २०७७

काठमाडौं – विश्वकप छनोटअन्तर्गत बिहीबार राति भएको खेलमा डेब्यू गरेका ओलिए वाटकिन्सले फिनिसिङ गोल गरेपछि इंग्ल्यान्डले सान मारिनोमाथि ५–० गोलको जित निकालेको छ।

फिफा वरीयताको २१० औं स्थान अर्थात् पुछारमा रहेको सान मारिनो इंग्ल्यान्डका लागि सहज प्रतिस्पिर्धी थियो। यसकारण साविकका कप्तान ह्यारी केनलाई आराम दिइएको खेलमा इंग्ल्यान्डले फराकिलो जित निकालेको हो।

इंग्ल्यान्डको जितका लागि वार्ड प्रोस, क्यालभर्ट लनसँगै रहिम स्टार्लिङले पनि गोल गरे। 

खेलको १४ औं मिनेटमै बेन चिलवालको लो क्रसलाई वार्ड प्रोसले गोलमा बदलेका थिए।

अग्रता बनाइसकेको इंग्ल्यान्डका लागि एभर्टनका डोमिनिक क्यालभर्ट लनले रिस जेम्सको हेडर बललाई सान मारिनोको पोस्टमा छिराएर अग्रता दोब्बर बनाए।

सुरुआतमै स्कोरिङको अवसर खोजिरहेका स्टार्लिङले खेलको ३१ औं मिनेटमा गोल गरेसँगै इंग्ल्यान्ड ३-० गोलले अघि रह्यो।

त्यस्तै ब्रेकको आठ मिनेटपछि लनले व्यक्तिगत दोस्रो गोल गरे भने वाटकिन्सले खेलको ८३ औं मिनेटमा गोल गरे। 

यससँगै इंग्ल्यान्डले सान मारिनोविरुद्ध जित निकाल्दै तीन अंक जोडेको छ।

यो जितसँगै इंग्ल्यान्डले सान मारिनोसँगका सबै सात खेलमा जित मात्र निकालेको छैन, गोलअन्तर पनि ४२–१ बनाएको छ। 

यता सान मारिनोले १४३ विश्वकप र युरोकप छनोट खेलमा १४० खेलमा पराजय भोगेको छ।

जितसँगै समूह आईमा रहेको इंग्ल्यान्ड शीर्षस्थानमा छ। 

यता गएरातिको खेलमा एन्डोर्रामाथि १–० गोलको जित निकालेको अल्वानिया समान तीन अंकका साथ समूहको दोस्रो स्थानमा छ।

त्यस्तै ३–३ गोलको बराबरी खेलको पोल्यान्ड र हंगेरी भने समान १–१ अंकका साथ तेस्रो र चौथो स्थानमा छन्।

प्रकाशित: Mar 26, 2021| 03:31 शुक्रबार, चैत १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।