शुक्रबार, असार २६, २०८३

बराबरीमा रोकियो स्पेन, स्विडेनलाई संघर्षपूर्ण जित

समूह बी अन्तर्गत रहेको स्पेनले फिफा विश्वकप २०२२ को छनोट खेलमा  ग्रिससँग १-१ गोलको बराबरी खेलेको छ।
 |  शुक्रबार, चैत १३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १३, २०७७

काठमाडौं - समूह बी अन्तर्गत रहेको स्पेनले फिफा विश्वकप २०२२ को छनोट खेलमा  ग्रिससँग १-१ गोलको बराबरी खेलेको छ।

स्पेनको ग्रानाडामा भएको खेलमा घरेलु टिमले बलमा अधिक समय पकड बनाए पनि गोलको अवसरलाई सदुपयोग गर्न नसक्दा खेल बराबरीमा रोकिएको हो।

स्पेनका लागि ३३ औं मिनेटमा अल्भेरो मोराटाले गोल गरे पनि खेलको ५६ औं मिनेटमा ग्रिसले पेनाल्टीमा पाएको अवसरको सदुपयोग ग¥यो। 

एक गोलले पछि परेको अवस्थामा ग्रिसका अनेस्तासियोस बाकोसेटसले पेनाल्टीमा गोल गरेपछि खेल बराबरी भएको थियो।

त्यसपछि दुवै टिमले स्कोर गर्न नसक्दा खेल बराबरीमा रोकिएको हो। 

यससँगै दुवै टिमले १–१ अंकमा चित्त बुझाएका छन्।

समूह बी अन्तर्गतकै अर्को खेलमा स्विडेनले जर्जियामाथि १–० गोलको संघर्षपूर्ण जित निकालेको छ। 

स्विडेनको जितका लागि भिक्टर क्लेस्सनले खेलको ३५ औं मिनेटमा निर्णायक गोल गरेका थिए।

यो जितसँगै तीन अंक बनाएको स्विडेन समूह बी को शीर्षस्थानमा छ।

प्रकाशित: Mar 26, 2021| 02:46 शुक्रबार, चैत १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।