शुक्रबार, असार २६, २०८३

डी बक्समा नेपाली खेलाडीले संयमता अपनाएनन् : प्रशिक्षक महर्जन

कीर्गिस्तानविरुद्ध गोलरहित बराबरी भएपछि नेपाली टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आफ्ना फरवार्डले प्रतिस्पर्धी टिमको डी बक्समा संयमता अपनाउन नसकेको बताएका छन्।
 |  शुक्रबार, चैत १३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १३, २०७७

काठमाडौं - कीर्गिस्तानविरुद्ध गोलरहित बराबरी भएपछि नेपाली टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आफ्ना फरवार्डले प्रतिस्पर्धी टिमको डी बक्समा संयमता अपनाउन नसकेको बताएका छन्।

दशरथ रंगशालामा बिहीबार भएको खेलमा गोल गर्न नसकेपछि चारैजना फरवार्डको फिनिसिङ राम्रो नबनेको प्रशिक्षक महर्जनको गुनासो छ।

उनले फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्टलाई सुरुआती रोजाइमा खेलाएका थिए। 

दुवै फरवार्डलाई ७७ औं मिनेटमा रिप्लेस गर्दै भरत खवास र छिरिङ गुरुङलाई मैदानमा छिराएका थिए। तर, पनि गोल नबनेपछि नेपालले बराबरीमा चित्त बुझाएको थियो।

नेपालको मुख्य प्रशिक्षक महर्जनका अनुसार ६ वर्षपछिको घेरलु मैदानमा भएको खेलमा खेलाडीको प्रदर्शनलाई लिएर आफू सन्तुष्ट रहेको बताए।

‘तीन महिनाको तयारीमा कुनै पनि मैत्रीपूर्ण खेल खेल्न नपाएकोले गाह्रो भएको हो। हामीले अधिकतम अवसर बनाए पनि गोलमा परिणत हुन सकेन। खेलाडीको ओभरअल प्रदर्शनप्रति भने म सन्तुष्ट छु,’ उनले बल पोसेसनलाई आधार मान्दै भने, ‘मैले बनाएको टिम नेपालको उत्कृष्ट टिम हो तर पोटेन्सियल फरवार्डले गेम देखाउन नसकेपछि चुकेको हो।’

अहिले नेपाली टिम विश्वकप क्वालिफायर तयारीको पहिलो फेजमा छ। 

विश्वकप छनोटलाई मध्यनजर गर्दै अखिल नेपाल फुटबल संघ(एन्फा)ले पनि यो त्रिदेशीय कप आयोजना गरेको हो। ‘यो प्रतियोगितामा देखिएको समस्याहरूलाई सुधार गरेर विश्वकप क्वालिफायरमा अघि बढ्ने छौं,’ महर्जनले भने।

यता फिफा वरीयताअनुसार पनि कीर्गिस्तानको टिम नेपाल र बंगलादेशको भन्दा धेरै राम्रो टिम हो। त्यस्तो टिमको उमेर समूहको टिम पनि राम्रो नै भएकाले प्रतिस्पर्धीलाई कमजोर नआँकेको उनको भनाइ छ।

त्यस्तै कीर्गिस्तानका प्रशिक्षक झोल्डोसोब नोर्बिकले आफ्ना खेलाडीले राम्रो खेलेकामा बधाई दिएका छन्। 

उनले नेपाल र बंगलादेशको तुलना गर्दै भने, ‘नेपाल बंगलादेशभन्दा छिटो र प्राविधिकरूपमा खेल्ने रहेछ। हाम्रो ओलम्पिक टिम थियो। नेपालको सिनियर टिम थियो तर पनि खेलाडीले आफ्नो फर्म नगुमाएकोमा खुसी छु।’

फाइनलमा पुग्ने अवसर रहे पनि त्यो नेपाल र बंगलादेशको खेलमा भर पर्ने उनको भनाइ छ। ‘त्यसैले गोलमा पनि भर पर्छ। तर, यो लकमा भर पर्ने कुरा हो यसै भन्न सकिँदैन,’ उनले भने।

प्रकाशित: Mar 26, 2021| 02:26 शुक्रबार, चैत १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।