शुक्रबार, असार २६, २०८३

सहज जितसहित जर्मनी समूह जे को शीर्षस्थानमा

फिफा विश्वकप २०२२ को युरोपियन क्वालिफायरअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा जर्मनीले आइसल्यान्डमाथि सहज जित निकालेको छ।
 |  शुक्रबार, चैत १३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १३, २०७७

काठमाडौं - फिफा विश्वकप २०२२ को युरोपियन क्वालिफायरअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा जर्मनीले आइसल्यान्डमाथि सहज जित निकालेको छ।

जर्मनीमा भएको खेलमा उसले पाहुना टिमलाई ३–० गोलले हराउँदै तीन अंक बटुलेको हो। तीन अंकसँगै जर्मनी समूह जे को शीर्षस्थानमा छ।

जर्मनीको जितका लागि लियोन गोरेट्जा, कई हभाट्र्ज र इल्के गुन्डोगनले समान १-१ गोल गरे।

खेलको दोस्रो मिनेटमा गोरेट्जाले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। त्यस्तै हभाट्र्जले सातौं मिनेटमा गोल गरे भने गुन्डोगनले ५६ औं मिनेटमा गोल गरेपछि जर्मनीले सहज जित निकालेको हो।

जर्मनीसँग पराजित आइसल्यान्ड भने समूह जे को पुछारमा छ।

सोही समूहअन्तर्गत गएराति नै भएको अर्को खेलमा रोमानियाले दक्षिण म्याकडोनियालाई ३–२ गोलअन्तरले हराएको छ। यससँगै रोमानिया तीन अंक जोडेर दोस्रो स्थानमा छ।

समूह जे कै तेस्रो खेलमा भने अर्मेनियाले लिक्चेस्टाइनविरुद्ध उसकै मैदानमा १-० गोलको जित निकालेको छ।

यसरी जर्मनी, रोमानिया र अर्मेनियाको समान तीन अंक छ भने बाँकी टिमले अंक जोड्न सकेका छैनन्।

प्रकाशित: Mar 26, 2021| 02:09 शुक्रबार, चैत १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।