शुक्रबार, असार २६, २०८३

कीर्गिस्तानसँग गोलरहित बराबरीमा रोकियो नेपाल

थ्री नेसन्स कपअन्तर्गत आज (बिहीबार) सम्पन्न खेलमा घरेलु टिम नेपाल कीर्गिस्तानसँग गोलरहित बराबरीमा रोकिएको छ।
 |  बिहीबार, चैत १२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १२, २०७७

काठमाडौं- थ्री नेसन्स कपअन्तर्गत आज (बिहीबार) सम्पन्न खेलमा घरेलु टिम नेपाल कीर्गिस्तानसँग गोलरहित बराबरीमा रोकिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले केही राम्रो मुभ बनाए पनि फिनिसिङ राम्रो नभएपछि गोल हुन नसकेको हो।

खेलको चौथो मिनेटमा तेज तामाङको पासमा अन्जन विष्टलेले हेड मिस गरेपछि घरेलु टिमले सुरुवाती अग्रता बनाउने अवसर गुमाएको थियो। त्यस्तै, १० औं मिनेटमा त्रिदेव गुरुङले प्रहार गरेको कर्नर बलमा पनि अनन्त तामाङद्वारा अन्जनले गरेको सोही समस्या दोहोरिएको थियो।

खेलको १३ औं मिनेटमा फरवार्ड अभिषेक रिजालले दायाँ कुनाबाट प्रहार गरेको बल पोस्टको बायाँ पोलमा लागेर फर्किएपछि आयोजक टिम अग्रता बनाउनबाट चुकेको थियो।

खेलको ३१ औं मिनेटमा कीर्गिस्तानका किपर प्रियाड्कीन आडिमले बचाउ गरे। ३३ औं मिनेटमा फरवार्ड विष्टले पोस्टबाहिर अट्याक गरेपछि नेपाली टिमको लगातार पाँचौ प्रयास खेर गएको थियो।

अधिकतम समय बलमा पकड बनाएको नेपालले पहिलो हाफको अन्तिम पाँच मिनेटमा भने कीर्गिस्तानले दबाब बनाएको थियो।

दोस्रो हाफको प्रतिस्पर्धा पनि लगभग उस्तै रह्यो। ४९ औं मिनेटमा त्रिदेवको फ्रिकिक तेज तामाङले पोस्टबाहिर प्रहार गरेका थिए।

त्यस्तै, ६६ औं र ६७ औं मिनेटमा रन्जित धिमालले प्रहार गरेको फ्री किकलाई दुई पटक अन्जनले खेर फाले।नेपालका हेड कोच बालगोपाल महर्जनले सुरुवाती फरवार्ड लाइन क्लियर गर्दै रिजाल र विष्टलाई हटाउँदै भरत खवास र छिरिङ गुरुङलाई मैदानमा उतारेका थिए।

७७ औं मिनेटमा मैदान पसेका दुवै फरवार्डले गोल गर्न नसेपछि खेल बराबरीमा रोकियो। यता खेलको ६६ औं मिनेटमा कीर्गिस्तानका कप्तान टासी कमोलिदिनले अभिषेक रिजालमाथि फाउल गरेपछि रातो कार्ड खाँदै बाहिरिएका थिए।

त्यसपछि १० खेलाडीमा सीमित बनेको कीर्गिस्तानले आफ्नो लय गुमाएन। खेलको ८६ औं मिनेटमा मैदान प्रवेश गर्दै निशान खड्काले गेब्यू गरेका थिए। त्यसअघि सुरुवाती रोजाइमा पर्दै संजोक राई र त्रिदेव गुरुङले आजको खेलमा डेब्यू गरेका थिए।

नेपालले पहिलो खेलमा बराबरी खेलेको हो भने पहिलो खेल हारेको कीर्गिस्तानले दोस्रो खेलमा बराबरी गर्दै एक अंक जोडेको छ।

यससँगै बंगलादेश फाइनलमा पुगेको छ भने नेपाल वा किर्गिस्तान कुन टिम फाइनलमा पुग्ने भन्ने नेपाल र बंगलादेशको खेलबाट टुंगो लाग्नेछ।

नेपालले बंगलादेशसँगै पर्सि शनिबार दशरथ रंगशालामा खेल्नेछ। पहिलो खेलमा बंगलादेशले कीर्गिस्तानलाई १–० गोलले हराएको थियो।

प्रकाशित: Mar 25, 2021| 14:06 बिहीबार, चैत १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।