शुक्रबार, असार २६, २०८३

नेपाल भर्सेस कीर्गिस्थान : गोलरहित बराबरीमा सकियाे पहिलो हाफ

थ्रि नेसन्स कप अन्तर्गत आज जारी खेलको पहिलो हाफमा घरेलु टिम नेपाल कीर्गिस्थानसँग गोलरहित बराबरीमा रोकिएको छ। 
 |  बिहीबार, चैत १२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १२, २०७७

काठमाडौं– थ्रि नेसन्स कप अन्तर्गत आज जारी खेलको पहिलो हाफमा घरेलु टिम नेपाल कीर्गिस्थानसँग गोलरहित बराबरीमा रोकिएको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले केही राम्रो मुभ बनाए पनि फिनिसिङ राम्रो नभएपछि गोल हुन नसकेको हो।

खेलको चौथो मिनेटमा तेज तामाङको पासमा अन्जन विष्टले हेड मिस गरेपछि घरेलु टिमले सुरुआति अग्रता बनाउने अवसर गुमाएको थियो। त्यस्तै, १० औं मिनेटमा त्रिदेव गुरुङले प्रहार गरेको कर्नर बलमा पनि अनन्त तामाङद्वारा अन्जनले गरेको सोही समस्या दोहोरिएको थियो।

खेलको १३ औं मिनेटमा फरवार्ड अभिषेक रिजालले दायाँ कुनाबाट प्रहार गरेको बल पोस्टको बायाँ पोलमा लागेर फर्किएपछि आयोजक टिम अग्रता बनाउनबाट चुकेको थियो। खेलको ३१ औं मिनेटमा कीर्गिस्थानका किपर प्रियाड्कीन आडिमले बचाउ गरे। ३३ औं मिनेटमा फरवार्ड विष्टले पोस्टबाहिर अट्याक गरेपछि नेपाली टिमको लगातार पाँचौं प्रयास खेर गएको थियो।

अधिकतम समय बलमा पकड बनाएको नेपालले पहिलो हाफको अन्तिम पाँच मिनेटमा भने कीर्गिस्थानले दबाब बनाएको थियो। यससँगै खेलको हाफ गोलरहित बराबरीमा टुंगिएको छ। यो नेपालको पहिलो खेल हो भने कीर्गिस्थानको दोस्रो।
 

प्रकाशित: Mar 25, 2021| 12:39 बिहीबार, चैत १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।