शुक्रबार, असार २६, २०८३

बंगलादेश जाने कबड्डी टोलीलाई बिदाइ

बंगलादेशमा आयोजना हुने बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगिता २०२१ मा प्रतिस्पर्धा गर्न जाने नेपाली कबड्डी टोलीलाई बिहीबार बिदाइ गरिएको छ।
 |  बिहीबार, चैत १२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १२, २०७७

काठमाडौं- बंगलादेशमा आयोजना हुने बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगिता २०२१ मा प्रतिस्पर्धा गर्न जाने नेपाली कबड्डी टोलीलाई बिहीबार बिदाइ गरिएको छ।

अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसा थापाले एक कार्यक्रमका बीच नेपाली टोलीलाई शुभकामनासहित बिदाइ गरिन्।

टोलीलाई बिदाइ गर्दै सांसद थापाले नेपाली खेलाडीहरुले उच्च प्रदर्शनका साथ पदक हात पार्नेमा आफू विश्वस्त रहेको भन्दै खेलाडीहरुलाई स्वागत गर्न र पदक हात पारेको खण्डमा नगद पुरस्कारले सम्मान गर्न आफू लालायित रहेको बताइन्।

मार्च २८ देखि संचालन कुने प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेशका २ टोली, पोल्याण्ड, केन्या र श्रीलंकाका गरी ६ टिमको सहभागिता रहने नेपाली टोली नेता संघका उपाध्यक्ष बिरेन्द्र यादवले जानकारी गराए।

यादवको नेतृत्वमा बंगलादेश जाने टोलीको प्रशिक्षकमा उमेश कुमार प्रधान र ब्यवस्थापकमा बिष्णु दत्त भट्ट रहेका छन्।

यस्तै खेलाडीहरुमा लालमोहर यादव, प्रविण खड्का, रंजीत गजमेर, रामु टमाटा, बिनोद तामाङ, प्रदीप मिजार, कुमार लामा, कल्याण भुजेल, नागेश्वर थारु, बन्धु राना रहेका छन्। निर्णायकमा हिमाल रञ्जित र पशुपति प्रजापति छन्।

प्रकाशित: Mar 25, 2021| 11:45 बिहीबार, चैत १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।