बुधबार, चैत ४, २०८२

६ वर्षपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय फुटबल खेल्दै नेपाल

फिफा विश्वकप छनोट अन्तर्गतको प्रिलिमिनरी राउन्डमा इन्डियासँग खेलेयता नेपाली सिनियर टिमले घरेलु मैदानमा आजसम्म फुटबल खेलेको छैन।
 |  बिहीबार, चैत १२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १२, २०७७

काठमाडौं– फिफा विश्वकप छनोट अन्तर्गतको प्रिलिमिनरी राउन्डमा इन्डियासँग खेलेयता नेपाली सिनियर टिमले घरेलु मैदानमा आजसम्म फुटबल खेलेको छैन।

National life

सन् २०१५ मा इन्डियासँग गोलरहित बराबरी खेलेको ६ वर्षपछि आज बिहीबार नेपालले घरेलु समर्थकमाझ खेल्दैछ। दशरथ रंगशालामा आज हुने खेलमा नेपालले कीर्गिस्थानको यु २३ टिमको सामना गर्नेछ।

आज घरेलु मैदानमा जित निकाल्दै नेपाली टिम नेपाली समर्थकलाई खुसी बाँड्न चाहन्छ। ‘हाम्रो लक्ष्य भनेको जित नै हो। विश्वकप तयारीमा रहेकाले सबै खेलाडी फर्ममा छन्। यसकारण हामीले जित्नु नै एकमात्र लक्ष्य हो,’ नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले भने।

यसअघि गत कात्तिक र मंसिरमा बंगलादेशमा भएको खेलमा नेपालले राम्रो प्रदर्शन गर्न सकेको थिएन। नेपालले पहिलो खेलमा २–० गोलको हार र दोस्रो खेलमा गोलरहित बराबरी बेहोरेपछि सिरिज बंगलादेशले जितेको थियो।

‘चार महिनाअघि अभ्यास थिएन। एक वर्ष त्यत्तिकै बसेका खेलाडीलाई १२ दिनजति अभ्यास गराएर खेलाएका थियौँ। निकै गाह्रो थियो,’ प्रशिक्षक महर्जनले बंगलादेशको सिरिज सम्झँदै भने, ‘राम्रा खेलाडी कोभिडले ग्रस्त थिए। ७ खेलाडीलाई कोभिड पोजेटिभ देखिएपछि टिममा ठूलो क्षति भएको थियो।’

Laxmi sunrise bank
kumari

छोटो तयारीमा विदेशी भूमिमा खेल्दा राम्रो हुन नसकेको उनी बताउँछन्। तर अहिले अवस्था फरक भएकाले नेपालको अवस्था राम्रो रहेको महर्जनको दाबी छ।

‘अहिले सबै नेपाली खेलाडी मोटिभेट छन्। खेलाडीलाई मेहेनत देखाउने अवसर पनि छ। थ्री नेसनमा बेस्ट गर्नेछन् भन्ने आशा छ। टिम पनि ब्यालेन्स्ड छ,’ उनले भने।

उनले नेपाली टिमको उद्देश्य राम्रो रिजल्टमा फोकस हुने बताएका छन्। उनले भने, ‘बेस्ट दिने हो बेस्ट दिएपछि रिजल्ट आइहाल्छ। तसर्थ जित्छौं हार्छौं भन्दा पनि बेस्ट प्रदर्शन गरौँ।’

यता कीर्गिस्थानका प्रशिक्षक झोल्डोसोब नोर्बिक पनि आफ्नो टिमले राम्रो गर्नेमा विश्वस्त छन्। तर नेपाली खेलाडी घरेलु समर्थकमाझ खेल्ने भएकाले आफूलाई प्रेसर हुने बताउँछन्।

नोर्बिकले भने, ‘नेपाल आयोजक राष्ट्र हो। फुटबलमा घरेलु टिमलाई हराउन निकै गाह्रो नै हुने गरेको छ। यहाँ पनि त्यस्तै होला नि। हामीले नेपालसँग केही खेल खेलेका छौं। तर महामारीले गर्दा सबै देशको फर्मेसन विग्रिएको छ। त्यसैले थाहा छैन कि आगामी खेल कस्तो हुनेछ।’

यता नेपाली प्रशिक्षक बालगोपाल महर्जन कीर्गिस्थानको खेल आफूलो सोचेको भन्दा कमजोर देखिएको बताउँछन्। तर प्रतियोगिताको पहिलो खेल फितलो नै हुने गरेको कारण पनि खेल कमजोर हुनसक्ने उनको अनुमान छ।

पहिलो खेलमा हार बेहोरेपछि कीर्गिस्थान अब गर वा मरको अवस्थामा छ। त्यसैले कीर्गिस्थानले आजको खेलमा पूरा इफोर्टका साथ खेल्नेछ।

‘लामो समयसम्म तयार गरेका छैनौँ। कोभिड–१९ को महामारीपछि धेरै टुर्नामेन्ट भएको थिएन। तर पनि हामी हाम्रो बेस्ट दिन कोसिस गर्नेछौं। हामी प्रतिस्पर्धात्मक खेल देखाउनेछौं,’ कीर्गिस्थानका प्रशिक्षक नोर्बिक भन्छन्।

कीर्गिस्थानको टिममा दुई जना सिनियर टिमका खेलाडी छन् र खेलाडीको औसत उमेर २१–२२ वर्ष छ। कीर्गिस्थानसँग ५–६ वर्ष सँगै खेलेका खेलाडी छन्।

चार यू–१९ का खेलाडी र दुई सिनियर खेलाडी रहेका कीर्गिस्थानको टिममा एक जना टर्कीका प्रोफेसनल लिग खेलिरहका खेलाडी छन्।

पाहुना टोलीको टिम बिल्डिङ निकै राम्रो छ। नेपालले कीर्गिस्थानसँग यसपहिले सिनियर टिममा त्यति धेरै खेल नखेले पनि उमेर समूहका केही खेल खेलेका छन्।

२०१९ मा नेपालले यू–१९ मा कीर्गिस्थानसँग २–० गोलले हारेको थियो। २००९ मा ओमनमा १–१ गोलको ड्र भएको थियो।

२००३ मा नेपालले कीर्गिस्थानसँग खेल्दा बालगोपालले आफैं कीर्गिस्थानविरुद्ध खेलेका थिए। आज ती सबै अनुभवलाई उनले पाहुना टिमविरुद्ध प्रयोग गर्नेछन्।
फिफा विश्वकप क्वालिफाइङका लागि तयारी गरिरहेको नेपालले यो प्रतियोगिताको जित छनोट खेलका लागि आत्मविश्वास बढाउने अवसर हुनेछ।

‘त्यसैले त्यो हामीलाई फाइदाजनक छ। अनि आउन लागेको विश्वकप तयारीका लागि यो खेलले थप सहयोग गर्नेछ। तीन महिनाको अभ्यास छ। यसले राम्रो नतिजा दिन्छ भन्ने लागेको छ,’ प्रशिक्षक महर्जनले भने, ‘हाम्रो तयारी निकै राम्रो छ। विमल घर्ति मगर, देवेन्द्र तामाङ, सुमन अर्यालगायतका खेलाडीबाहेक सबै फिट छन्। खेल्न लायक छन्।’

त्यस्तै, राष्ट्रिय टिमका उपकप्तान रोहित चन्द पनि घरेलु मैदानमा खेल्न पाउँदा सबै खेलाडी उत्साहित रहेको बताउँछन्। उनी भन्छन्, ‘विश्वकप छनोटको खेल रोकिँदा समस्या थियो। तर, फेरि थ्री नेसन्स अन्तराष्ट्रिय हुँदा खेलाडीमा खेल भावना विकास भएको छ।’

उनले थपे, ‘पूरा विश्वासका साथ खेल्नेछौं। रंगशालामा सिनियर टिमको खेल नभएको धेरै नै भइसक्यो। धेरै पछि होम म्याच खेल्दा हामी उत्साहित छौं।’

टिमको कम्पोजिसन कस्तो छ ? चन्द भन्छन्, ‘विगतकै जस्तो सहयोगी भावना खेलाडीबीच छ। अहिले योङ र मोटिभेटेड टिम हामीसँग छ।’
 

प्रकाशित: Mar 25, 2021| 03:42 बिहीबार, चैत १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।