काठमाडौं– विश्वकपको युरोपियन छनोटअन्तर्गत बुधबार राति सम्पन्न समूह डीका दुवै खेल बराबरीमा रोकिएका छन्।
समूहको शीर्षस्थानमा रहको बोसनियाँ हर्जगोभिनाले दोस्रो स्थानमा रहेको फिनल्यान्डसँग २–२ गोलको बराबरी खेलेको छ।
फिनल्यान्डमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरी भएपछि दुवै टिमले दोस्रो हाफमा समान २–२ गोल गर्दै बराबरी गरेका थिए।
खेलको ५५ औं मिनेटमा बोसनियाँका मेरेलिम पजानिकले गोल गर्दै अग्रता बनाए पनि ५८ औं मिनेटमा फिनल्यान्डका टिमू पुक्कीले खेललाई बराबरी गरेका थिए।
त्यस्तै पुक्कीले ७७ औं मिनेटमा गोल गर्दै अग्रता आफ्नो पक्षमा पारे पनि ८४ औं मिनेटमा बोसनियाँका मिरोस्लव स्टेवानेविचले गोल गर्दै खेललाई २–२ गोलको बराबरी बनाए।
यससँगै दुवै टिमले १–१ अंक बाँडेका छन्।
त्यस्तै समूह डी को अर्को खेलमा विश्वविजेता फ्रान्सले युक्रेनसँग १–१ गोलको बराबरी खेलेको छ। फ्रान्सका लागि एन्टोनी ग्रिजम्यानले १९ औं मिनेटमा गोेल गरेर अग्रता बनाएका थिए। उनको गोलले पहिलो हाफमा फ्रान्स एक गोलले अघि थियो।
तर ५७ औं मिनेटमा फ्रान्सका प्रेस्नल किम्बाप्पेले आफ्नै पोस्टमा गोल गरेपछि खेल १–१ को बराबरी भएको थियो।
यससँगै फान्स र युक्रेनले पनि १–१ अंक बाँडेका छन्।