शुक्रबार, असार २६, २०८३

वेल्सविरुद्ध बेल्जियमको पुनरागमन जित

वेल्सविरुद्ध पुनरागमन गर्दै बेल्जियमले बुधबार राति भएको विश्वकप क्वालिफायरमा जित निकालेको छ।
 |  बिहीबार, चैत १२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १२, २०७७

काठमाडौं– वेल्सविरुद्ध पुनरागमन गर्दै बेल्जियमले बुधबार राति भएको विश्वकप क्वालिफायरमा जित निकालेको छ। फिफा विश्वकप २०२२ छनोट अन्तर्गत बुधबारको खेलमा बेल्जियमले ३–१ गोलको जित निकालेको हो।

जितका लागि एक गोलले पछि परेको अवस्थामा बेल्जियमका केभिन डि ब्रुनले गोल गर्दै खेललाई बराबरी बनाएका थिए। त्यअसघि खेलको १० औं मिनेटमा ह्यारी विल्सनले गोल गर्दै वेल्सलाई अग्रता दिलाएका थिए।

तर २८ औं मिनेटमा बेल्जियमका थोरगन हजार्डले गोल गरेपछि घरेलु टिमले अग्रता आफ्नो नाममा पारेको थियो। यससँगै बेल्जियम पहिलो हाफमा २–१ गोलले अघि रह्यो।

खेलको ७३ औं मिनेटमा पेनाल्टीमार्फत रोमेलु लुकाकुले गोल गरेपछि बेल्जियम ३–१ गोलको सहज अवस्थामा पुग्यो। र, सोहि गोलअन्तरका आधारमा खेल जित्यो।

यो जितसँगै तीन अंक जोडेको बेल्जियम समूह ई को दोस्रो स्थानमा छ।

चेक रिपब्लिकले गएरातिको खेलमा इस्टोनियालाई ६–२ गोलले हराएपछि ऊ शीर्षस्थानमा रहेको छ। चेक रिपब्लिकको जितका लागि थोमस सोउसेकले ह्याट्रिक गरेका थिए।
 

प्रकाशित: Mar 25, 2021| 01:40 बिहीबार, चैत १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।