शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • कतारले गरेको मानव अधिकार उल्लंघनको नर्वेका खेलाडीद्वारा विरोध

कतारले गरेको मानव अधिकार उल्लंघनको नर्वेका खेलाडीद्वारा विरोध

युरोपमा फिफा विश्वकप क्वालिफायरका खेल गत बुधबार रातिबाट सुरु भएको छ।
 |  बिहीबार, चैत १२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १२, २०७७

काठमाडौं– युरोपमा फिफा विश्वकप क्वालिफायरका खेल गत बुधबार रातिबाट सुरु भएको छ।

National life

सो खेलमा नर्वेले जिब्राल्टरको सामना गर्यो। कतार सम्मिलित युरोपियन विश्वकप क्वालिफयारमा नर्वेका खेलाडीले कतारमा बसाइँ सरेर गएका कामदारको पक्षमा प्रदर्शन गरेका छन्।

खेलअघि नर्वेका कप्तान मार्टिन ओडेगार्डका अनुसार खेलअघि उनीहरु भावनासँग जोडिएको कुनै एक काम गर्ने योजना थियो। 

कप्तानका साथै खेलाडीले पनि टिसर्ट लगाएका थिए। त्यसमा लेखिएको थियो, ‘रेस्पेक्ट अन एन्ड अफ द पीच’ अर्थात् पीचभित्रका र बाहिरका दुवैलाई सम्मान गर।

आउँदो २०२२ नेभेम्बर २१ बाट सुरु हुने विश्वकप कतारमा हुँदैछ। सो विश्वकप छनोटको पहिलो खेलमा नर्वेले जिब्राल्टरविरुद्ध ३–० गोलको जितसमेत निकाल्यो।

Laxmi sunrise bank
kumari

सो जित पनि उनीहरुले कतारका विश्वकप रंगशाला बनाउने कामदारलाई सुम्पिएका छन्। गत महिला गार्जियनले सार्वजनिक गरेको एक रिपोर्ट अनुसार कतारमा काम गर्न गएका ६ हजार ५०० कामदारको मृत्यु भएको थियो। यो फिफाले कतारलाई विश्वकप प्रदान गरेपछिको तथ्यांक हो।

कतारले अमेरिका, अष्ट्रेलिया, दक्षिण कोरिया र जापानलाई पछि पार्दै विवादास्पद रुपमा विश्पकलाई आफ्नो पक्षमा पारेको थियो। र, कतारमा विश्वका धेरै मुलुकबाट कामजार जाने गरेका छन्।

कतारले विश्वकपको आयोजना गर्ने अवसर पाएपछि उसले सात नयाँ रंगशाला बनाउँदैछ। त्यसका लागि कामदारलाई सम्झौतामा भन्दा धेरै काम लगाएको, सबै कामको तलब नदिएको लगायतका मुद्दाहरु पनि समावेश छन्।

कतारमा नेपालबाट पनि धेरै मात्रामा कामदार जाने गरेका छन्। नेपाल र कतारको सम्बन्धमा खेललाई जोड्नका लागि भन्दौ गत वर्षको सहिद स्मारक ए डिभिजन फुटबल लिगलाई कतार एयरलाइन्सले मुख्य प्रायोजन गरेको थियो।

प्रकाशित: Mar 25, 2021| 01:22 बिहीबार, चैत १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।