शुक्रबार, असार २६, २०८३

चन्दा उठाएर भलिबल प्रयोगिता, बिजेतालाई २ लाख पुरस्कार !

चुली युवा क्लव सुर्खेतले चन्दा उठाएर प्रदेशस्तरीय खेलकुद प्रतियोगिता आयोजना गरेको छ।
 |  बुधबार, चैत ११, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत ११, २०७७

सुर्खेत- चुली युवा क्लव सुर्खेतले चन्दा उठाएर प्रदेशस्तरीय खेलकुद प्रतियोगिता आयोजना गरेको छ।

दाताको सहयोगले युवा क्लवले प्रदेशमै सार्वाधिक पुरस्कार राशीको ‘प्रथम चुली कप–२०७७ प्रदेशस्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता’ आयोजना गरेको हो।

आज (बुधबार) सुरु भएको भलिबल प्रतियोगितामा विजेताले २ लाख नगर पुरस्कार पाउने छ। २ लाख पुरस्कार राशीको भलिबल प्रतियोगिता कर्णाली प्रदेशकै पहिलो प्रतियोगिता हो।

उपबिजेताले १ लाख ५० हजार तेस्रो प्रतियोगितले १ लाख र चौथो हुने टोलीले ५० हजार नगद पुरस्कार पाउने छ। त्यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पाउने आयोजक संस्था चुली युवा क्लवका अध्यक्ष महेश जिसीले जानकारी दिए। प्रतियोगिता एक कार्यक्रमबीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गरेका छन्।

यसैबीच बुधबार भएको उद्घाटन खेलमा आर्मीले सल्यानको कुपिन्डे क्लबलाई ३–१ को सेटमा हराउदै पहिलो जित दर्ता गराएको छ।

आर्मीले पहिलो सेटमा सल्यानलाई २५–२१ मा हराउँदा दोस्रो सेटमा भने सल्यानले आर्मीलाई २५–२२ ले स्तब्ध पार्दै खेल बराबरीमा पुर्‍याउन सफल भयो। तेस्रो सेटमा आर्मीले पुनः सल्यानलाई तेस्रो र चौथो सेट २५– १९ र २५–२२ मा पाखा लगाउदै दुई अंक जोडेको छ। नकआउट आधारमा खेलाइएको आजको खेल बेस्ट अफ फाइभको फर्म्याटमा भएको हो।

प्रतियोगितामा ८ टिमले सहभागिता जनाएका छन्। प्रतियोगितामा भोलि (बिहीबार) पाँच खेल हुने आयोजकले जनाएको छ।

प्रकाशित: Mar 24, 2021| 14:02 बुधबार, चैत ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।