शुक्रबार, असार २६, २०८३

एपीएफ मिल्स गोल्डकपको उपाधि नजिक

विराटनगरमा जारी पहिलो मिल्स गोल्डकप फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ) पूर्वाञ्चल उपाधि नजिक पुगेको छ।
 |  बुधबार, चैत ११, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत ११, २०७७

विराटनगर– विराटनगरमा जारी पहिलो मिल्स गोल्डकप फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ) पूर्वाञ्चल उपाधि नजिक पुगेको छ।

विराटनगर– १६ स्थित जुट मिल्सको मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा एलेभेन एरोज क्लव दुहबी सुनसरीलाई टाईब्रेकरमा ३–२ गोलले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो। 

निर्धारित समयसम्म २–२ गोलको बराबरीमा खेल सकिएपछि टाईब्रेकरबाट खेलको छिनोफानो भएको थियो। खेलको म्यान अफ दि म्याच एपीएफका उज्वल चाम्लिङ्ग राई घोषित भए। उनले नगद पाँच हजार प्राप्त गरे। 

बिहीबारको दोस्रो सेमिफाइनल खेल साइनो स्पोर्ट्स क्लब रानी र धरान सिटी फुटबल एकाडेमीबीच  हुनेछ। 

मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा भएको प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार र उपविजेताले नगद ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। 

प्रकाशित: Mar 24, 2021| 13:45 बुधबार, चैत ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।