शनिबार, फागुन ३०, २०८२

सुपर लिग फुटबलको टिकट मूल्य परिस्थिति हेरेर सार्वजनिक गरिने

आउँदो वैशाख ११ गतेदेखि काठमाडौंको दशरथ रंथशालामा हुन लागेको नेपाल सुपर लिग (एनएसएल)को सम्पूर्ण टिकट बिक्रिको जिम्मा ‘पेवेल’ले लिएको छ।
 |  बुधबार, चैत ११, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत ११, २०७७

काठमाडौं- आउँदो वैशाख ११ गतेदेखि काठमाडौंको दशरथ रंथशालामा हुन लागेको नेपाल सुपर लिग (एनएसएल)को सम्पूर्ण टिकट बिक्रिको जिम्मा ‘पेवेल’ले लिएको छ।

National life

तर अहिलेसम्म टिकटको मूल्य भने सार्वजनिक गरिएको छैन।

आज (बुधबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा एनएसएलको आयोजक नेपाल स्पोर्ट्स एन्ड मेनेजमेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत सुदीप शर्माले परिस्थिति हेरेर मात्रै टिकटको मूल्य सार्वजनिक गरिने बताए।
अहिले कोभिड-१९ को महामारी कायम रहेका कारण खेलमा कति दर्शक राख्ने भन्नेबारे पनि एनएसएलले निर्णग गरिसकेको छैन।

यता नेपाल सरकारले महामारीको जोखिम कायमै रहेको कारण भिडभाड नगर्न अनुरोध गर्दैै आएको छ। प्रतिकुल समयमा आयोजना हुने लागेको प्रतियोगिताका लागि केही समय पर्खिएर निर्णय लिने अधिकृत शर्मा बताउँछन्।

‘अहिले थ्री नेसन्स कप भइरहेको छ। त्यो प्रतियोगितामा कति दर्शक आउँछन् हेरौँ। अनि घरेलु खेलका लागि कति दर्शक आउँछन् त्यो आँकलन गरेर हामी टिकट मूल्य निर्धारण गर्नेछौं,’ उनले भने।

Laxmi sunrise bank
kumari

एन्फाले अन्तर्राष्ट्रिय खेलका लागि साधारणतर्फ ७०० र भीआईपीएतर्फ १ हजार ५०० टिक दर राखेलकाले सो मूल्यको आलोचना हुँदै आएको छ।

‘यो थ्री नेसन्स कपको मूल्यभन्दा हाम्रो मूल्य चाहिँ कम नै हुन्छ,’ उनले भने। पछिल्लो समय घरेलु शीर्ष डिभिजनको फुटबल सहिद स्मारक ए डिभिजन लिगमा पनि एन्फाले साधारणतर्फ २०० र भीआईपीतर्फ ५०० रुपैयाँ टिकट दर कायम गरेको थियो।

तर खेल हेर्न दर्शक थोरै मात्रामा आउने गरेपछि एन्फाले पुरस्कारका विभिन्न प्याकेज सार्वजनिक गरेको थियो।

यता आउँदो नेपाल सुपर लिगका लागि पेवेलले काठमाडौंको विभिन्न ५० भन्दा धेरै ठाउँबाट टिकट बिक्रि गर्ने बताएको छ। टिकट बिक्रि कहिलेबाट थालिने भने आयोजकले बताएको छैन।

प्रकाशित: Mar 24, 2021| 13:32 बुधबार, चैत ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।