शनिबार, फागुन ३०, २०८२

सप्तरी प्रिमियर लिग : खडक वारियर्स र तिलाठी कोइलाडी विजयी 

सप्तरीको राजविराजमा जारी सप्तरी प्रिमियर लिग टी–२० क्रिकेटअन्तर्गत आज(बुधबार) सम्पन्न दुई खेलमा खडक वारियर्स र तिलाठी कोइलाडी जायन्टसले जित हात पारेका छन्।
 |  बुधबार, चैत ११, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत ११, २०७७

काठमाडौं- सप्तरीको राजविराजमा जारी सप्तरी प्रिमियर लिग टी–२० क्रिकेटअन्तर्गत आज(बुधबार) सम्पन्न दुई खेलमा खडक वारियर्स र तिलाठी कोइलाडी जायन्टसले जित हात पारेका छन्।

National life

आजको पहिलो खेलमा खडक वारियर्सले रुपनी राईडर्सलाई ८९ रनको विशाल अन्तरले पराजित गर्‍यो।

राज रंगशालामा सम्पन्न खेलमा खडकले दिएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा रुपनी राईडर्सले १७ ओभरमा सम्पूर्ण विकेट गुमाएर १०५ रन मात्र बनाएपछि ऊ पराजित भएको हो।

लक्ष्य पछ्याउने क्रममा रुपनीका फिर्दोश अन्सारीले सर्वाधिक ५४ र सुनिल धमलाले १६ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङतर्फ खडकका गोमानन्द अमात्यले सर्वाधिक ३ विकेट लिए भने अनिल खरेल र विवेक यादवले समान २ विकेट लिए।

Laxmi sunrise bank
kumari

त्यसअघि टस जितेर ब्याटिङ गरेको बजाज खडक वारियर्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९४ रन बनाएको थियो।

वारियर्सको अनिल शाहले लगातार दोस्रो शतक प्रहार गर्ने क्रममा सर्वाधिक ११३ रन बनाए। उनले अघिल्लो खेलमा बोदे बर्साईन थन्डर्सबिरुद्ध पनि शतक बनाएका थिए।

वारियर्सका कप्तान यादवले पनि आक्रामक ब्याटिङ गर्दै अविजित अर्धशतक बनाए। यता रुपनि राईडर्सको बलिङमा अनिल यादवले २ विकेट लिए भने फिर्दोश अन्सारी र कुशल भुर्तेलले समान १ विकेट लिए।

आजको दोस्रो खेलमा तिलाठी कोइलाडी जायन्टसले किंग्स राजविराजलाई ४ विकेटले पराजित गर्‍यो।
राजविराजले दिएको १४५ रनको लक्ष्य तिलाठी कोइलाडीले ६ विकेट गुमाएर १५ ओभर एक बलमा पुरा गर्‍यो।
तिलाठी कोईलाडीको जितमा राशिद खानले अविजित अर्धशतक बनाउने क्रममा ६५ रन बनाए भने दिपेश कंडेलले अविजित ३० रन बनाए।

राजविराजको बलिङमा दिनेश अधिकारी र मेहबुब आलमले समान २–२ विकेट तथा रोहित सिंह र सुरज कुर्मीले समान १,१ विकेट लिए। 

त्यसअघि टस जितेर ब्याटिङ गरेको राजविराजले १८ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाएर १४४ रन बनाएको थियो। 
राजविराजको लागि कप्तान मेहबुब आलमले सर्वाधिक अविजित ७८ रन बनाए। 

तिलाठी कोइलाडीका राशिद खान र दिपेश कंडेलले समान ३–३ विकेट गिराए भने कप्तान दिपेन्द्र ऐरीले २ र मनिष मण्डलले १ विकेट लिए। 

यससँगै समान तिन खेलमा दुई जित र एक हार बेहोरेका खडक वारियर्स, रुपनी राईडर्स र तिलाठी कोईलाडी क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन्। एक जित हात पारेको टिभीएस किंग्स चौथो र जितविहीन बोदे बर्साईन थन्डर्स पाँचौ स्थानमा रहेको छ। 

सप्तरी क्रिकेट संघद्वारा आयोजित लिगअन्तर्गत बिहीबार (भोलि) दुई खेल खेलिनेछन्। पहिलो खेलमा राजविराज र रुपनी तथा दोस्रो खेलमा बोदे बर्साईन थन्डर्स र तिलाठी कोइलाडीले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: Mar 24, 2021| 13:11 बुधबार, चैत ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।