शनिबार, फागुन ३०, २०८२

त्रिदेशीय प्रतियोगिता सुरु भएपछि नेपाली टिमको घोषणा

त्रिदेशीय फुटबल सुरु भएको दोस्रो दिन आज (बुधबार) प्रतियोगिता खेल्ने नेपाली टिमको घोषणा भएको छ।
 |  बुधबार, चैत ११, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत ११, २०७७

काठमाडौं– त्रिदेशीय फुटबल सुरु भएको दोस्रो दिन आज (बुधबार) प्रतियोगिता खेल्ने नेपाली टिमको घोषणा भएको छ।

National life

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले २३ खेलाडी सम्मिलित नेपाली टिमको घोषणा गरेका हुन्।

यो टिमले भोलि बिहीबार दशरथ रंगशालामा हुने खेलमा कीर्गिस्थानसँग प्रतिस्पर्धा गर्नेछ। नेपाली टिमको कप्तान किरण चेम्जोङ रहने छन् भने उपकप्तान रोहित चन्द रहनेछन्।

नेपाली टिमले दोस्रो खेल शनिबार पाहुना टिम बंगलादेशसँग खेल्नेछ।

गोलकिपरः किरण कुमार लिम्बू, विकेश कुथू र दिप कार्की

Laxmi sunrise bank
kumari

डिफेन्डर्सः रन्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज महर्जन र छिरिङ गुरुङ

मिडफिल्डरः त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, संजोग राई, विशाल राई, सुनिल बल र रवी शंकर पाशवान

फरवार्डः अन्जन विष्ट, दर्शन गुरुङ, अभिषेक रिजाल र भरत खवास

प्रकाशित: Mar 24, 2021| 10:57 बुधबार, चैत ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।