शनिबार, फागुन ३०, २०८२

धरान एकेडेमी मिल्स गोल्डकपको सेमिफाइनलमा 

विराटनगरमा जारी पहिलो मिल्स गोल्डकप प्रतियोगितामा धरान सिटी फुटबल एकेडेमी सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ। 
 |  मंगलबार, चैत १०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १०, २०७७

विराटनगर– विराटनगरमा जारी पहिलो मिल्स गोल्डकप प्रतियोगितामा धरान सिटी फुटबल एकेडेमी सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ। 

National life

विराटनगर– १६ स्थित जुट मिल्सको खेलमैदानमा मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा शताक्षीधाम स्पोर्टस क्लब झापालाई १–० गोलले पराजित गरि धरान सेमिफाइनलमा प्रवेश गरेको हो।

जितसँगै धरान बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा साइनो स्पोर्टस क्लब रानीबीच हुनेछ। अन्तिम चारमा पुगेको धरानले जितको लागि एक मात्र निर्णायक गोल खेल सुरू भएको ४ मिनेटमै गरेको थियो। धरानका तपन कार्कीले गरेको गोल निर्णायक बन्यो। खेलको म्यान अफ द म्याच झापाका गोलरक्षक सन्दिप लिम्बू घोषित भए। उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरे। 

मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा भएको प्रतियोगिताको विजेता नगद १ लाख ५० हजार रुपैयाँको साथै ट्रफि र उपविजेताले नगद ७५ हजार रुपैयाँ प्राप्त गर्ने छ।  
 

प्रकाशित: Mar 23, 2021| 15:06 मंगलबार, चैत १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।